डि आर क्षेत्रि ,
देवचुलि नगरपालिका वडा नं १ केउरानि स्थित शिसवार बाेटे माझी सामुदायिक हाेम स्टेकाे आज चैत्र २८ गतेका दिन दाेस्राे साधारणसभा सम्पन्न भएको छ । हाेम स्टे एसाेसियसन नेपाल ( हाेसान ) का केन्द्रीय महासचिव तथा कावासाेति नगरपालिकाका उप-प्रमुख प्रेम शंकर महत्ताेकाे प्रमुख आतिथ्यता रहेकाे साधारणसभामा देवचुलि नगरपालिका वडा नं १ का वडा अध्यक्ष लक्ष्मणराज भण्डारी ,हाेसान, नवलपरासीका जिल्ला अध्यक्ष रिम वहादुर आले , शिसवार मध्यवर्ती उपभोक्ता समितिका सचिव मनहरि पाैडेल , दिव्यपुरि खानेपानिका अध्यक्ष तिल प्रसाद पाठक ,अग्रज व्यक्तित्व कृष्ण वहादुर के सि, देविलाल देवकाेटा, टाेल सुधार समितिका प्रमुख प्रतिनिधिहरुकाे उपस्थितिमा सम्पन्न भएको थियाे ।
प्रकृति र संस्कृतिकाे संगम स्थलकाे पर्यावाचि रहेकाे हाेम स्टे मा यहाँको कला , धर्म , संस्कृति , रहनसहन , भेषभुषा , खानपान पाहुनाकाे स्वागत सत्कार , विदाई जस्ता कृयाकलापहरुमा विशेष ध्यान दिए मात्रै हाेम स्टे सफल हुनेमा प्रमुख अतिथि प्रेम शंकर मर्दनियाले जाेड दिनुभएको थियाे । शुभकामना मन्तव्यकै क्रममा दिव्यपुरि खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष तिल प्रसाद पाठकले निर्माणाधीन रहेकाे सांसकृतिक भवनको स्टेज निर्माणमा लाग्ने सम्पुर्ण खर्च वेहाेर्ने र आवस्यक परे थप सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियाे ।
करिव ६५ घरधुरि रहेकाे बाेटेमाझि समुदाय लगायत अन्य विभिन्न जात जातिका मानिसहरु वसाेवास रहेकाे साे स्थानमा विगत २०७५ सालमा दस घरधुरि समेटि सुरुवात गरिएको साे हाेम स्टेले बिस्तारै फड्काे मार्ने प्रयासमा रहेकाे छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेस , देवचुलि नगरपालिका ,शिसवार मध्यवर्ती उपभोक्ता समिति, वडा कार्यालय , कारितास नेपाल , दिव्य ज्याेति कृषि सहकारि लगायतकाे विभिन्न संघ संस्थाहरुकाे सहयाेग र सहकार्यमा सांस्कृतिक भवन समेत निर्माणाधिन अवस्थामा रहेकाे छ ।