देवचुली,
देवचुली नगरपालिका वडा नं १५ मा अवस्थित भूतपूर्व सैनिक कल्याणकारी संस्थाको १२ औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार दलदलेको साहारा पार्टी प्यालेसमा साधारण सभा तथा नयाँ बर्ष २०७८ को शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता भूतपूर्व सैनिक कल्याणकारी देवचुलीका अध्यक्ष क्यापटेन डिल बहादुर खत्रीले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता भूतपूर्व सैनिक कल्याणकारी केन्द्रिय अध्यक्ष कर्णेल धनबहादुर मास्किरानाले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथीका रुपमा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका धनबहादुर मास्किरानाले यस प्रकारको कार्यक्रमले भूतपूर्व सैनिकहरु बिच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको पीरमर्का सम्बोधन तथा व्यवस्थापनको लागि उत्तम माध्यमको रुपमा प्रभावकारी रहेको बताउनुभएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांस व्यक्तिहरुले भू.पू सैनिक कल्याणकारीले गर्ने हरेक कार्यक्रमको प्रंशसा गर्दै नजिकदै गरेको नव वर्ष २०७८ सालको शुभकामना आदनप्रदान समेत गरिएको थियो ।
१२ औँ बार्षिक साधारण सभाको अवसरमा एस.ई.ई मा उत्कृष्ठ अंक ल्याउने विद्यार्थी, संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा सियोमा धागो हाल्ने, घैटो फुटाई, बोरा दौड, म्युजिकल चियर जस्ता विभिन्न खेल खलाईएको थियो । जसमा सियोमा धागो हाल्नेमा कमला खड्का र प्रकाश खड्का प्रथम, पूजा सुवेदी र दिल्लीराम गुरुङ द्धितीय भएका थिए । यसैगरि घैटो फुटाईमा निरुशा प्रधान प्रथम, बोरा दौडमा शिशिर श्रेष्ठ प्रथम र शुप्रिम प्रधान द्धितीय , म्युजिकल चियरमा उमकला क्षेत्री प्रथम र कमला खड्का द्धितीय भएका थिए । खेलमा प्रथम, द्धितीय हुने सम्पूर्णलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा आर्थिक बर्ष २०७६/०७७ को असार सम्मको आय व्यय विवरण संस्थाका कोषाध्यक्ष मन कुमार पौडेलले प्रस्तुत गर्नुभएको थियो । हाल सम्म भू.पू सैनिक कल्याणकारी संस्थामा भारतीय पेन्सनर भू.पू ७९ जना, नेपाल पेन्सनर भू.पू १२ जना, एकल महिला भू.पू २१ जना गरि १३८ जना आबद्ध रहेका छन् ।