देवचुली,
देवचुली नगरपालिका वडा नं १३ का महिलाहरू यतिबेला रेडियोमा कसरी बोल्ने भन्नेबारे सिकिरहेका छन् । महिला सचेतना कार्यक्रम अन्तर्गत आफ्ना गतिविधि रेडियोमाफर्त प्रस्तुत गर्ने अभ्यास देवचुली १३ दलदलेमा ९आज० आईतबार देखि सुरू भएको छ । देवचुली वडा नं १३ को आर्थिक सहयोग र आभानी मिडिया प्रा।लिद्वारा संचालित १०३.८ मेघाहर्ज ह्याप्पी एफ.एमको सहजकर्तामा उद्घोषक तालिम सुरू भएको हो । तालिम देवचुली उद्योग वाणिज्य संघको सभाहलमा भईरहेको छ ।
पहिलो दिनको उद्घोषक तालिममा देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीले ब्यानर पढेर कार्यक्रमको सुरूवात गर्नुभएको थियो । कार्यक्रममा आभानी मिडिया प्रा।लिका अध्यक्ष डिल्लीराम कडरियाले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली वडा नं १३ का वडाध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीले गर्नुभएको थियो । यसैगरि बिशेष अतिथीका रूपमा देवचुली नगरपालिका कार्यापालिका सदस्य सुवोचन्द्र सुवेदी, वडा सदस्य ओम नारायण महतो, लालिमाया सुनार र देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएको वडाध्यक्ष खत्रीले देवचुली नगरपालिकाको १७ वटै वडामा वडाध्यक्षको पदमा महिलाको भूमिका नरहेकोमा दुःख व्यक्त गर्दै महिला सशक्तीकरणमा कमी आएकाले भविष्यमा देवचुलीमा महिलाको बाहुल्यता हुनुपर्ने बताउनुभएको छ । उहाँले टोल,समाजमा हुने कार्यक्रममा महिलाहरूको सहभागिता पुरूष बराबर हुनुपर्ने कुरामा जोड दिदै महिलाहरूका लागि विभिन्न किसिमका तालिमहरू आयोजना गरिएको बताउनुभएको छ ।
कार्यक्रममा आभानी मिडिया प्रा.लिका अध्यक्ष कडरियाले अब महिलाहरू पनि चुलो चौकाबाट बाहिर निस्केर समाज रूपान्तरणका लागि अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।
यसैगरि कार्यक्रममा बोल्दै कार्यापालिका सदस्य सुवोचन्द्र सुवेदीले महिलाहरूले समाजमा अगाडि बढेर केही गर्न सक्दिन भन्ने मानसिकताले गर्दा नै महिलाहरू पछि परेको बताउनुभएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले उद्घोषक तालिम लिएर आफ्ना गाउँटोलमा भएका गतिविधिलाई सकारात्मक तरिकाले रेडियो मार्फत प्रस्तुत गर्न समेत अनुरोध गर्नुभएको थियो ।
तालिममा प्रशिक्षण ह्याप्पी एफ।एमका स्टेसन म्यानेजर आदर्श सुशिलले गर्नुभएको थियो । तालिममा विशेषगरि आफ्नो परिचय अगाडि गएर कसरी गर्ने, सफल उद्घोषक कसरी बन्ने, उद्घोषकको प्रकार, उद्घोषकमा हुनुपर्ने गुणहरू, उद्घोषकको दायित्व, उद्घोषकले गर्नुपर्ने पुर्ब तयारीहरू र रेडियोमा आफ्ना गाउँठाउँमा भएका गतिविधिलाई कसरी रेडियोमा प्रसारण गर्ने जस्ता विभन्न बिषयमा प्रशिक्षण गरिएको थियो ।
कार्यक्रममा ह्याप्पी एफ.एमका मार्केटिङ म्यानेजर देवराज पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
तालिममा देवचुली नगरपालिका वडा नं १३ भित्र रहेका सिर्जनशिल आमा समूह, नवदुर्गा आमा समुह, आशा आमा समूह,कुमारवर्ती आमा समूह, थारू लक्ष्मी आमा समूह,भविष्य निमार्ण आमा समूह, कुमारवर्ती टोल सुधार समिति, वागेश्वरी टोल सुधार समिति, भाग्यपुरि टोल सुधार समिति, गणेश टोल सुधार समिति, देवचुली टोल सुधार समिति र बोटे टोल सुधार समितिका गरि करिब ५५ जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको थियो । तालिम ५ दिन सम्म संचालन हुनेछ ।