देवचुली,
नेपाल मगर संघ देवचुलीको दोस्रो अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक भिम बहादुर आले मगरले पदस्थापन तथा सपथ ग्रहण गराउनुभएको छ । (आज) शुक्रबार देवचुली ७ को वडाकार्यालय नजिकै एक कार्यक्रमको आयोजना गरि शुभकामना, बधाई तथा सपथ ग्रहण सम्पन्न गरिएको छ ।
देवचुली नगर स्तरीय मगर संघले चैत्र १० गते सम्पन्न गरेको दोस्रो अधिवेशनबाट अध्यक्ष टुकलाल रुचाल मगर, वरिष्ठ उपाध्यक्षमा गन बहादुर राना, उपाध्यक्षमा झबिन्द्र मास्की राना, सचिवमा अमर बहादुर घर्ती, सह–सचिवमा खिल बहादुर सारु, कोषाध्यक्षमा जौमाया बाचे निर्वाचित भएका थिए । यसैगरि सदस्यमा यम बहादुर राना, मीना माया पुलामी, हरि माया फाल, इन्दिरा पुलामी, तारा राना, केदरसिह पुलामी, लक्ष्मी प्रसाद सारु, भिम राना, देवी कुमारी गाहा, रन बहादुर पुन, टेक माया राना र दुर्गा बहादुर सारु निर्वाचित भएका थिए ।
कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष ईन्द्र फाल मगरको प्रमुख आतिथ्तयता रहेको थियो । उहाँले मगरहरु पनि अब एकजुट भएर आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सबल हुनुपर्छ भन्ने उद्धेश्यले नै अगाडि बढिरहेको बताउँदै सम्पूर्ण नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य निर्वाचन मण्डलका सदस्य हुमिना आले मगरले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मान बहादुर सुनाखरीले गर्नुभएको थियो ।
कार्यक्रममा सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।