डि आर क्षेत्रि ,
चितवन राष्ट्रिय निकुञ्ज ,शिसवार मध्यवर्ती उपभोक्ता समिति अन्तरगतरहेकाे समुदायमा आधारित चोरी सिकारी नियन्त्रणमा युवा जागरण अभियान द्वारा एक दिवसिय संरक्षण सम्वन्धी घुम्ती शिविर सञ्चालन गरेकाे छ । काेभिड १९ संगै समुदायमा वन वन्यजन्तुकाे संरक्षणमा देखा परेका समस्या , समाधानका उपाय , क्षति राहत प्रक्रिया र सराेकारवालाहरुकाे भुमिका आदि विषयमा अन्तरक्रिया तथा प्रशिक्षण गरिएको थियाे । पछिल्लाे समय जंगलि जनावरहरुकाे अधिकत्तम चाप पश्चिम सेक्टरमा देखिएकाे हुदा दिगाे संरक्षण र वन्यजन्तुको व्यवस्थापनका लागि घुम्ति सिविर आयाेजना गरिएको थियाे ।
चितवन राष्ट्रिय निकुञ्ज , पश्चिम सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत सान्त वहादुर मगर, शिसवार मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सहायक सत्यराज अधिकारिले प्रशिक्षण गर्नुभएको थियाे । कार्यक्रम CBAPU का अध्यक्ष ढुन्डिराज के सि काे अध्यक्षता रहेकाे थियाे । विशेषगरी समुदायमा निकुञ्जका जनावरहरु आहार प्रजातिकाे खाेजिमा निस्कने गर्दा समस्या उत्पन्न हुने गरेकाे हुदा यसकाे समुचित व्यवस्थापनका लागि सराेकारवाला निकाय निकुञ्ज प्रशासन , मध्यवर्ती उपभोक्ता समिति , स्थानिय तह विशेषगरि नगरपालिका र वडाले विशेष खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागिहरुले वताए । कार्यक्रममा उठेका सवालहरु माथि शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्र वहादुर पाण्डेले जवाफ दिनुभएको थियाे ।
विशेषत यश क्षेत्रमा छिटपुट भएका घटनाकाे स्मरण गराउदै उपभोक्ता समुह, समिति , निकुञ्ज प्रशासन, नेपाली सेना अादिकाे संयुक्त पहलमा मात्रै संरक्षण अभियान सम्भव भएको वताउनु भयाे । खेति वालि , भित्र्याएको अन्नवालि , पालिएका जनावर पशु धन ,जिउ धनकाे क्षति भएकाे अवस्थामा राहत प्रकृया एकदमै झन्झटिलाे भएको हुदा संसाेधनका लागि पहल गर्नुपर्ने देखिन्छ ।
स्थानिय वडाका जनप्रतिनिधि , समुहका अध्यक्ष /सचिव, वन समुहका समिति , वडामा विद्यमान संघ संस्थाका प्रतिनिधिहरु उपस्थित रहेकाे साे कार्यक्रम समुदायमा आधारित चाेरि सिकार नियन्त्रणमा युवा जागरण अभियान (CBAPU) काे आयाेजना तथा , विश्व वन्यजन्तु काेष (WWF ) काे आर्थिक सहयाेग र शिसवार मध्यवर्ती उपभोक्ता समितिकाे संयाेजनमा सञ्चालन गरिएको थियाे ।