जनज्योती आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाले दयाराज तिवारीको अध्यक्षतामा नयाँ क्याम्पस संचालक समिति गठन गरेको छ । यसैगरि तिवारीसँगै उपाध्यक्ष पदका लागि धर्मदत्त भुसाल चयन हुनुभएको हो । यसैगरि सदस्यमा प्रा.डा. मोहनीलाल भुसाल, जीवनराज अधिकारी, प्रदिप बास्तोला, देविप्रसाद खनाल, लालकुमार श्रेष्ठ, कृष्णप्रसाद गौतम, सरस्वती आचार्य तिमिल्सीना, उद्योग बहादुर श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, होमनाथ जैसी, क्यापटेन डिलबहादुर खत्री, महेन्द्रकुमार पिया, कमला खड्का, तिलप्रसाद काफ्ले, सरिता शर्मा, नारायणप्रसाद पौडेल, प्रित्तम भुजेल (उत्तम), शारदा देवी पौडेल, कमलप्रसाद न्यौपाने र शेषकान्ती सापकोटा गरि २३ सदस्यीयको समिति गठन गरिएको छ ।
जनज्योती आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाबाट नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बधाई शुभकामना एवम् सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अध्यक्षता निर्वाचन समितिका संयोजक शशीकुमार लम्सालले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका श्रेष्ठले नवनिर्वाचित पदाधिकारीहरुलाई आगामी कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थापक तथा निमित्त क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोहनीलाल भुसालले नवनिर्वाचित अध्यक्ष दयाराज तिवारीलाई माइनुट हस्तान्तरण गर्दै आगामी कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । भुसालले क्याम्पसलाई आगामी दिनमा थप व्यवस्थित बनाई लैजानको लागि हौसला प्रदान गर्दै क्याम्पसलाई आवश्यक पर्ने जुनसुकै समयमा आँफूले सहयोग गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा निमित्त क्याम्पस प्रमुख पशुपति भट्टराईले स्वागत मन्त्वय राख्नुभएको थियो भने सहजीकरण प्रध्यापक तथा निर्वाचन समितिका सदस्य ऋषि धितालले गर्नुभएको थियो ।