देवचुली,
नवलपुरको देवचुली नगरपालिका वडा नं १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको निर्वाचनमा मतदान सम्पन्न भएको छ । बिहान करिब ९ बजेबाट सुरु भएको मतदान बेलुकी ४ बजे सम्पन्न भएको हो । कुल १ हजार ३१ जना मतदाता रहेकोमा ६ सय ६९ मत खसेको निर्वाचन समितिका संयोजक गोविन्द शर्मा गैरेले ह्याप्पी टाइम्सलाई जानकारी दिनुभयो । करिब ६५ प्रतिशत मतदाताले मात्रै मतदान गर्नुभएको हो ।
उहाँका अनुसार करिब ६ बजेबाट मतगणना सुरु गरिने र आज १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरिएको बताउनुभयो । निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि पेयु नारायण न्यौपाने (प्रेम) र कृष्णप्रसाद तिवारी (ऋषि) को उम्मेदवारी रहेको छ भने सचिव पदका लागि प्रदिपराज घिमिरे र टोपराज कोइरालाको उम्मेदवारी रहेको छ ।
यस अघि सामुदायिक प्राकृतिक चिकित्सालयको अध्यक्षमा सन्त बहादुर क्षेत्री सर्वसम्मतले चयन हुनुभएको छ । संस्थाको महिला उपाध्यक्षमा लक्ष्मी बस्ताकोटी, कोषाध्यक्षमा नेत्र बहादुर पाण्डे चयन हुनुभएको हो । यसैगरि चिकित्सालयको सदस्यमा कुलराज सुवेदी, भोज बहादुर भुजेल, सीता पंगेनी, भवानी प्रसाद पाठक, गुरु प्रसाद रेग्मी, भरत पराजुली, तोप बिक्रम शेन, खेमानन्द घोरासैनी, गोविन्द प्रसाद पौडेल, चन्द्र प्रसाद तिवारी, तिल प्रसाद पाठक, तारादेवि शाहा, जिवलाल भुसाल, किरणशशी सुवेदी, चित्रध्वज जि.सी र राजन गौतम चयन हुनुभएको छ । यसैगरि लेखा संयोजकमा जितलाल चौधरी र सदस्यहरुमा पिमलाल भट्टराई र धनमाया खड्का चयन हुनुभएको हो ।