व्यावसायिक हवाइ उडान अनुमतिका लागि नयाँ एयरलाइन्सले सरकार समक्ष आवेदन दिएको छ।
आन्तरिक उडान गर्न अनुमति माग गर्दै शिवम् एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको हो।
दिनेश आचार्य संस्थापक रहेको यो कम्पनीले अनुमतिका लागि मन्त्रालयमा आवेदन दिएको हो। कम्पनीले नेपालका पहाडी तथा हिमाली क्षेत्रमा छोटो धावनमार्ग भएका (स्टोल) विमानस्थलमा उडान गर्ने प्रस्ताव गरेको छ।
मन्त्रालय निकट स्रोतका अनुसार एयरलाइन्सले काठमाडौं लगायतका अन्य हव विमानस्थलबाट उडान गर्ने प्रस्ताव गरेको छ।
उडान अनुमतिका लागि आवेदन परेपछि मन्त्रालयले अहिले अध्ययन समिति बनाइसकेको छ। एयरलाइन्सलाई अनुमति दिन सकिने वा नसकिने विषयमा अध्ययन गर्न एउटा समिति बनाइएको एक उच्च अधिकारीले जानकारी दिए।
उक्त समितिको सिफारिसका आधारमा मन्त्रालयले थप निर्णय गर्छ। समितिले कम्पनीको सेवा सञ्चालन गर्नसक्ने आधारहरु खोज्छ। कानूनी व्यवस्था पूरा गरेको वा नगरेको पनि हेर्छ। दुर्गममा उडान गर्न नयाँ एयरलाइन्सले माग्यो अनुमति सबै हेरेर दिन सकिने सिफारिस गरेमा लाइसेन्स जारी हुन्छु मन्त्रालय निकट स्रोतले भन्यो।
मन्त्रालयबाट लाइसेन्स पाएपछि कम्पनीले एनओसीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिन्छ। मन्त्रालयले लाइसेन्स दिनुअघि पनि सुझावका लागि प्राधिकरणको राय लिन्छ।
प्राधिकरणले उडान सुरक्षाको ग्यारेन्टी तथा कम्पनीको सक्षमताका विषयमा अध्ययन गरेपछि एनओसी जारी गर्छ। यस्तो अनुमति पाएपछि एयरलाइन्सले जहाज खरिद गर्ने बाटो खुला हुन्छ। खरिद गरेपछि मात्र उडान अनुमतिको प्रक्रिया सुरु हुन्छ।
हाल नेपालमा छोटो धावनमार्ग भएका विमानस्थलमा उडान गर्ने एयरलाइन्सको संख्या न्यून छ। सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले नियमित उडान गर्दैन। निजीबाट तारा,समिट र सीता एयरलाइन्सले स्टोल गन्तव्यमा उडान गर्छन्। बुद्ध एयरले तुम्लिङटारमा उडान गर्छ। बुद्धले पनि स्टल गन्तव्यमा उडान गर्नका लागि छुट्टै एयरलाइन्स स्थापना गर्ने घोषणा यसअघि नै गरिसकेको छ।
एयरलाइन्सको संख्या धेरै भएपनि कतिपय गन्तव्यमा थोरै उडान हुँदा दुर्गम क्षेत्रमा भाडा अत्याधिक महंगो छ। प्रतिस्पर्धी सेवा नहुँदा दुर्गमका यात्रुहरुले सुलभ यात्राको अवसर पाएका छैनन्।
सोतोपाटी