चितवन,
औषधीय उपचार पद्धतिबाट निराश बनेका बिरामीका लागि पछिल्लो समय प्राकृतिक चिकित्सालय लोकप्रिय बन्दै गएको छ । बिशेषगरि औषधीय उपचार सेवाबाट सन्चो हुन नसकेका बिरामीलाई अहिले चित्रवन प्राकृतिक चिकित्सालय उपयुक्त ठाउँ बनेको छ । प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरि निको पार्न थालेपछि धेरै बिरामीको रोजाईमा चिकित्सालय परेको हो ।
चितवनको भरतपुर महानगरपालिका १२ आस्थाचोकको पूर्वपश्च्मि राजमार्गमा रहेको चित्रवन प्राकृतिक चिकित्सालय पनि पछिल्लो समय धेरै बिरामीको रोग निको पार्ने केन्द्रविन्दु बनेको छ । चिकित्सालयमा बिशेषगरि हार्डजोर्नी, नशा, प्यारालाईसेस तथा जीवनशैलीसँग सम्बन्धीत माइग्रेन, कब्जियत, ग्यासट्रइटिस, अनिन्द्रा र डिप्रेशन बिरामीहरुलाई प्राकृतिक पद्धतिबाट उपचार गराइने चिकित्सालयका निर्देशक डा. विशाल सापकोटाले जानकारी दिनुभयो । ठुला–ठुला अस्पतालमा उपचार गराएर निको नभएका धेरै बिरामीहरुको प्राकृतिक पद्धतिबाट निको भएको उहाँ बताउनुहुन्छ ।
प्राृकतिक चिकित्साप्रति मानिसहरुको आकर्षण बढदै गएपछि चित्रवानमा आवसीय सेवा सुबिधाको पनि राम्रो व्यवस्था गरिएको छ । बिरामीहरुका लागि विभिन्न आधुनिक क्याविन, जेनरल वार्डको सुबिधा सम्पन्न रहेको छ ।
चित्रवन चिकित्सालयको मुख्य उद्धेश्य भनेकै मानिसहरुको शरिरको सर्भिसिङ्ग सेन्टर मात्र नभई रागीलाई निरोगी र निरोगीलाई दीर्घजीवी जिउन सिकाउने एउटा माध्यम पनि बनेको छ ।
कसरी हुन्छ प्राकृतिक उपचार ?
इमजेन्सी र हात खुट्टा भाचिएका, सर्जरी गर्नुपर्ने बिरामीहरु बाहेक अन्य बिरामीहरु प्राकृतिक चिकित्सालयमा आउने गरेका छन् । प्रायः अन्यत्र एलोपेथिक उपचार गर्दा थाकेर केही सिप नलागेपछि प्राकृतिक उपचार पद्धती रोज्ने गरेका छन् ।
विभिन्न हार्डजोर्नी, नशा, जीवनशैली सँगै सम्बन्धीत रोगहरुलाई प्राकृतिक चिकित्सकको परामर्शा पश्चात विभिन्न थेरापीको मिश्रण जस्तै अकुपञ्चर, फिजियोथेरापी, मसाज थेरापी, जल चिकित्सा, योग, खानपानद्धारा उपचार गरिन्छ ।
प्राकृति चिकित्सा पद्धतिबाट हुने उपचारको प्रभाव ढिलो देखिने भएपनि साइड इफेक्ट नहुने भएकाले पनि धेरै मानिसहरुको यसतर्फ आकर्षण बढ्दो रहेको क्षेत्रीले बताउनुभयो ।
ह्वलचियर र ईस्टे्रचरमा आएका बिरामीहरुलाई पनि हिँडेर घर पढाएका धेरै अनुभवहरु आँफूहरु सँग रहेको चिकित्सालयका डा. सन्जोग कुमार क्षेत्रीले बताउनुहुन्छ । हाल चिकित्सालले चौबिसै घण्टा बिरामीहरुलाई सेवा प्रदान गरिरहेको छ । धेरै जनमानसमा चित्रवन प्राकृतिक चिकित्सालय प्राइभेट सेक्टर रहेकाले उपचार खर्च महंगो छ भन्ने भ्रम भएता पनि अन्य चिकित्सालयको तुलानमा बराबर नै रहेको चिकित्सालयले जनाएको छ । चित्रवन चिकित्सालयमा हाल ३५ जनाले रोजगार समेत पाएका छन् ।