पूर्वी नवलपरासीमा राष्ट्रिय सेवा दलको एन सि सि अल्मुनाई एसोसिएसन गठन गरिएको छ । नेपाली सेनाको राष्ट्रिय सेवा दलले विद्यार्थीहरुलाई एन सि सि तालिम दिदैं आएको छ । शुक्रबार नवलपुरको प्रगतिनगरमा रहेको विश्वज्योति माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमका बिच एन सि सि अल्मुनाई एसोसिएसनको गठन गरिएको छ । राष्ट्रिय सेवा दलले संचालन गरेको एन सि सि तालिम प्राप्त विद्यार्थी क्याडेटहरुबाट कार्यसमिति चयन गरिएको हो ।
एसोसिएसनको निर्देशकमा विश्वज्योति माध्यमिक विद्यालयकी सफलता सुवेदी, सहायक निर्देशकमा सिद्धार्थ सेकेन्डरी स्कुलकी ऐश्वर्य अधिकारीलाई चयन गरिएको छ । यसैगरी एसोसिएसनका सदस्यहरुमा सलिना खड्का, सुकृत खड्का, मोक्ष गैरे, सन्देश न्यौपाने, आयूस तामाङ, रजस्मा श्रेष्ठ, दर्शन न्यौपाने, गिरीराज गौडेल, एरिस गिरी, अभिषेक लोहनी, सइश्रा श्रेष्ठ, अनिसा खराल, एन्जेलिना पोख्रेल, गौरव भुसाल, आविष्कार पौडेल र यूगल किसोर शाहालाई चयन गरिएको छ । वि.स २०२२ सालबाट सुरु भएको एन सि सि तालिम हालसम्म ५१ हजार ३ सय ३२ जना विद्यार्थीहरुले प्राप्त गरिसकेका छन् । देशमा विभिन्न समयमा उत्पन्न हुने प्रतिकुल परिस्थितीहरुमा बन्धुत्व र देशभक्तिको भावना बोकेर सहयोग गर्न उत्प्रेरित बन्नका लागि विद्यार्थीहरुलाई नेपाली सेनाको रोहबरमा एन सि सि तालिम दिदैं आइराखिएको छ ।
साथै एन सि सि तालिमले विद्यार्थीहरुमा भएको प्रतिभा र क्षमताको पहिचान गरि प्रष्फुटन गर्न सो तालिमले मद्दत समेत गर्ने गर्दछ । शुक्रबार विश्वज्योति माध्यमिक विद्यालयमा आयोजित एन सि सि अल्मुनाई एसोसिएसन गठन कार्यक्रमको अध्यक्षता सोहि विद्यालयका संस्थापक प्रधानाध्यापक विष्णु प्रसाद बास्तोलाले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अथित्यता नेपाली सेनाका सहायक रथी शंकर बहादुर पण्डितले गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथीको रुपमा एन सि सिका प्रमुख सल्लाहकार निगम हुमागाई रहनुभएको थियो । यसैगरी कार्यक्रममा निमित्त शिक्षा अधिकृत सेनानी खिन्त बहादुर केसी, वन तथा पर्यावरण सुरक्षा गणका प्रमुख सेनानी रवि अधिकारी, नोवेल एकेडेमिका प्रिन्सिपल कृष्ण सापकोटा, सिद्धार्थ आवासीय मा.विका समन्वय शिक्षक कृष्ण गैरे लगायत विद्याथीहरुको पनि उपस्थिती रहेको थियो ।