देवचुली,
पुर्वी नवलपुरको देवचुली नगरपालिकाको दलदलेमा देवचुली मार्टको औपचारिक रुपमा समुद्धाटन गरिएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको प्रमुख आतिथ्यतामा देवचुली मार्टको उद्घाटन गरिएको हो ।
दलदले चोकबाट उत्तर तर्फ भाग्यपुरि पुल नजिकै रहेको देवचुली मार्टले केही समय पहिले देखि सेवा शुभारम्भ गरेपनि औपचारिक रुपमा भने बुधबार देखि संचालन गरेको छ । तीन करोड लगानीमा निर्माण गरिएको मार्टमा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरेर सम्पूर्ण सामग्रीहरु उपलब्ध गराइएको छ ।
देवचुली मार्टको समुद्धाटन गर्दै प्रमुख अतिथी पंगेनीले स्थानीय रुपमा उत्पादन भएका वस्तुहरुलाई पनि प्राथमिकता दिनुपर्ने बताउँदै देवचुलीमा मार्ट संचालनमा आएपछि सेवाग्राहीहरुलाई धेरै ठाउँमा धाउनुनपर्ने बताउनुभएको थियो । पंगेनीले सबै सामग्री एकै ठाउँमा पाउने यस्तो मार्टको संचालनले नगरपालिकालाई स्मार्ट देखाउन थप टेवा पु¥याउने बताउनुभएको थियो ।
यसैगरि देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले देवचुली मार्ट संचालनमा आएपछि यस क्षत्रमा व्यवसाय गर्न चाहने अन्य व्यक्तिहरुलाई पनि हौसला मिल्ने बताउँदै भविष्यमा मार्टले समग्र देवचुली नगरपालिकालाई आकर्षित बनाउन सहयोग पु¥याउने बताउनुभएको थियो ।
देवचुली मार्टका अध्यक्ष कृष्ण गौतमले देवचुलीवासीको वर्तमान समयको आवश्यकतालाई देवचुली मार्टले पुरा गर्ने समेत बताउनुभएको थियो ।
दलदलेमा मार्ट संचालनमा आएकोमा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशम सापकोटा, बजार व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपाने लगायतले खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, नवलपुर प्रहरी प्रमुख प्रकाश मल्ल, देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशम सापकोटा, बजार व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपाने, नवलपुर औषधी व्यवसाय संघ नवलपुरका अध्यक्ष कमलनारायण श्रेष्ठ लगायतको उपस्थितीमा देवचुली मार्टको समुद्धाटन गरिएको हो ।
देवचुली मार्टमा खाद्यन्न, घरेलु प्रयोजनका सम्पूर्ण सामग्री, सौन्दर्य सामग्री, शैक्षिक सामग्री, पेयपदार्थ, लत्ताकपडा, फलफूल, तरकारी लगायतका सम्पूर्ण सामग्री उपलब्ध रहनेछन् ।