असार ०३, देवचुली
देवचुली नगरपालिकामा पूर्व योजना तर्जुमा सम्बन्धि छलफल कार्यक्रम मंगलबार सम्पन्न भएको छ ब्यवसाय कृषि पर्यटन र पूर्वाधार,बालमैत्री देवचुली बस्नयोग्य शहर भन्ने निति आत्मसात गरेको देवचुली नगरपालिकाले आर्थिक बर्ष ७६र७७ का लागी बनाउने निति,योजना र कार्यक्रम कस्ता हुनुपर्छ भन्ने सवालमा नगरबासीको सहभागितामा सो छलफल कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्ने बिभिन्न स्थानीय संघसस्थाका अगुवा ब्यक्तित्वहरुले देवचुली नगरपालिका नमूना नगरपालिका बन्न अझै धेरै समस्या रहेको बताएका छ । बिशेष गरि देवचुली नगरपालिकालाई सम्वृद्द नगरपालिका बनाउन दलदले धौवादी सडकखण्ड गौरबको आयोजनालाई मूर्तरूप दिनुपर्ने, भाडामा लिइएको बसपार्कको जग्गालाई सरकारी जग्गामा परिवर्तन गर्नुपर्ने, फोहोर मैला व्यवस्थापन गर्नुपर्ने ,देवचुली नगरपालिकामा टुक्रे आयोजना नआइन, गौरबको आयोजना आउन आवश्यक रहेको बताएका छन । यसैगरी देवचुली नगरपालिकामा कृषि र पशुपालनको प्रचुर सम्भावना भएकाले क्रितिपुर बन्दीपुर लगायतका कृषियोग्य क्षेत्रको सही पहिचान गरि बजेट बिनियोजन गर्नु पर्ने वक्ताहरुको धारणा रहेको थियो ।
देवचुली डांडा,चितवन रास्ट्रीय निकुन्ज, शाश्वत धाम जस्ता पर्यटकीय क्षेत्र भएको देवचुलीमा पर्यटन प्रवर्धन गर्न सके नगरपालिकाको द्रुत बिकास हुने, यहाँका ब्यवसायीलाई करमा सहूलियत गर्न सके उधोग धन्दाको पानी राम्रो बिकास हुने उनिहरुको जोड़ रहेको थियो । नगरपालिकालाई उत्पादनमुखी बनाउनु पर्ने,स्वरोजगारको ग्यारेन्टी गर्नुपर्ने,विध्यालय क्षेत्रलाई कुलत भन्दा टाढा राख्नुपर्ने,युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने, खेलकूदको बिकास गर्नु पर्ने लगायतका बिषयमा छलफल गरिएको थियो । साथै आगामी नगर सभाको बजेटले शिक्षा स्वास्थ्य खानेपानी जस्ता अत्यावश्यक बिषयमा बढ़ी लगानी गर्नु पर्ने,नगरभित्र प्राविधिक शिक्षालाई केन्द्रमा राखेर काम गर्नुपर्ने,कृषि उत्पादनलाई बजारीकरण गर्नुपर्ने उपस्थित वक्ताहरूले बताएका थिए ।
पूर्व योजना तर्जुमा कार्यक्रम देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, प्रगतिनगर खानेपानी संस्थाका अधयक्ष खिमानन्द भुषाल, देवचुली उधोग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, राजनिती दलका प्रतिनिधि, विभिन्न वडाका वडा अध्यक्ष, बाल सञ्जालका प्रतिनिधी, कार्यपालिका सदस्य लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण देवचुली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसालले गर्नुभएकोथियो ।