देवचुली,
नेपालमा दिनप्रति दिन बलात्कारका घटना वृद्धि भएको भन्दै बलात्कारी विरुद्ध देवचुलीमा युवाहरुले र्याली प्रदर्शन गरेका छन् । देवचुलीको दलदले चोकमा पचास भन्दा बढि स्थानीय सकृय युवाहरुले टाउकोमा कालो पट्टी लगाउँदै बलात्कारी विरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उनीहरुले “सरकार देखाउ ईच्छा खहि त महिलाको सुरक्षा”, “सरकार कहाँ चुक्दै छ बलात्कारी सँग झुक्दै छ”, “दोषी हाम्रो कपडा हैन दोषी तिम्रो सोच हो”, “बालिका सधै रुदैँ छिन् न्याय माग्दै हिडिछिन्” जस्ता प्ले कार्ड बोकेर बलात्कारीलाई कडा कारबाहीको माग गर्दै विरोध स्वरुप र्यालीको आयोजना गरेका थिए ।
उक्त र्याली कार्यक्रममा देवचुलीका युवाहरुले समाजमा महिला माथि हिंसा तथा बलात्कारको घटनाहरु बढदै गएकोले त्यसको बिरोधमा आवाज उठाउँदै बलात्कारको सिकार भएका बालिकाहरुको साथमा हामी छौँ, भन्दै समाजमा चेतना जगाउँन लागी परेको बताएका थिए । सरकार र प्रशासनले निर्मला र भागिराथी जस्ता कयौँ बालिकाहरुलाई न्याय दिन नसकेकोमा दुःख व्यक्त गरेका थिए ।
विरोध र्यालीमा सहभागी देवचुली वडा नं ४ का वडाध्यक्ष गिर बहादुर थापा क्षेत्री (राम) ले महिला तथा बालिका माथि हुने हिंसा र बलात्कार विरुद्धमा सबै एक भएर लाग्नुपर्ने बताउँदै देवचुलीका सकृय युवाहरुको साथमा आँफू सधै रहिरहने समेत जानकारी दिनुभयो ।
देवचुलीका सकृय युवाहरुको आयोजनामा गरिएको मोटरसाईकल र स्कुटर र्याली कार्यक्रममा विभिन्न संघसंस्थामा आबद्ध रहेका व्यक्तिहरुको उपस्थिती रहेको थियो । र्याली देवचुलीको दलदले चोकबाट सुरु भई लोकाहा पुल हुँदै केउरेनी, रजहर, १६ नं चोक पुगेर पुन दलदले चोकबाट धारापानी पुगि फर्किएर दलदले चोकमा आई कोण सभा गरि समापन गरिएको थियो ।
यस भन्दा पहिले पनि देवचुलीका सृकय युवाहरुले विभिन्न समयमा किशोरी माथि हुने हिंसा र दुव्र्यवहार विरुद्धको लागि विरोध प्रदर्शन गरेका थिए । र्याली कार्यक्रममा देवचुलीका सकृय युवाहरु सुशिल चापागाईं, कृष्ण वाग्ले, विद्या ढुंगना र नारायण बिर खत्रीले आफ्ना भनाईहरु राखेका थिए ।