ढुन्डिराज के.सि.
चितवन राष्ट्रिय निकुञ्ज , शिसवार मध्यवर्ती क्षेत्र के हाे? के काम गर्छ? , कसले कसरी रकम दिन्छ? भन्ने प्रश्नहरु आम मानिसका लागि हुन सक्छन् । तर पारिवारीक संस्कार नै वन्यजन्तुकाे शिक्षा पाउने अवसर मैले भने प्राप्त गरे ।
वाल्यकाल देखि नै जिज्ञाशु स्वभावका कारण जंगली जनावर र उनिहरुको आनिवानि, आहार, वासस्थानका वारेमा एकदमै जान्न मन लाग्ने र बुबा त्यहि कर्म गर्ने भएकोले एकदमै उत्सुक भएर ती प्रश्नहरुकाे उत्तर बुबासंग र उहाँको सहकर्मीहरु संग आजको दिनसम्म पनि खोजिकार्य निरन्तर चलिरहेको छ ।
सन् 2013 काे जुन महिना मैले नागरिक वैज्ञानिक नामक तालिम लिने अवसर प्राप्त गरे र म मा उप ज्ञान पाएको आभाष गरे । मानव र वन्यजन्तु विचकाे असमझदारी र यसैका कारण उत्पन्न परिस्थितिले द्वन्द निम्त्याएको हुनाले कसरी कम गर्न सकिन्छ भन्ने मनमा खुलदुलिहरुका दिनहरु चल्न थाल्याे ।
साेहि अनुरुप म चितवन राष्ट्रिय निकुञ्ज , मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली र निर्देशिका वमाेजिम नारायणी पुरुष समुहकाे अध्यक्ष, क्षेत्र नं ७ काे निर्विरोध प्रतिनिधि र सिसवार मध्यवर्ती उपभोक्ता समितिकाे करिव दुई तिहाइ मतका साथ म निकुञ्जकै कान्छो काेषाध्यक्षमा निर्वाचित भए । नियमावली अनुसार वजेट व्यवस्थापन, उपभोक्ताहरुको चाहना र वजेट आदि धेरै कुराहरुले संरक्षण कार्यमा गति नपुगेकाे भाव हुँनु स्वभाविक नै हाे ।
सिमित श्राेत र साधनका विच जनतामा काम गर्न सहज भने पक्कै थिएन । जनताहरुकाे खेती वाली र भण्डारण गरेका अन्न,घर पालुवा जनावर खाने, घाइते वनाउने , उपभोक्ता हरुकाे घाईते तथा मृत्यु यी यावत कार्यहहरु दैनिकी जस्तो हुने गरेको थियो । युवालाई संरक्षणमा जाेड्ने अभियान स्वरुप म समितिकाे काेषाध्यक्ष भएता पनि युवा परिचालनको हिसावले समुदायमा आधारित चोरी सिकार नियन्त्रणमा युवा जागरण अभियान CBAPU काे ईन्चार्ज भएर युवाहरू संग जाेडिएर काम गर्न थाले । सानाे उमेर, कलिलो सोच, फरक विचारकै कारणले म समितिमा सवैकाे ताराे जस्ताे हुन्थे, कि अब यसकाे प्रतिक्रिया के हुन्छ, के भन्छन भनेर सवैजनाकाे ध्यान मै तिर हुन्थ्याे ।
वैकल्पिक उर्जा प्रयाेग गरे बापत केही राहत रकम दिईन्थ्याे र त्यसलाई परिमार्जन गरि साेलार सिस्टम जडान भएको उपभोक्ता लाई लागत साझेदारि गरिदिने, अल्मुनियमकाे झ्याल ढाेका निर्माण तालिम, टेलरिङ्ग तालिम , माेवाईल फाेन मर्मत, ड्राइभिङ हेन्डिक्राफ्ट, व्युटिसियन जस्ता तालिमहरु निरन्तर चलिरहे ।
समयकाे माग भनाै, जम्मा रु ३०हजारको काे रकमले पिप्रहरकाे हाेमस्टे सुरुवात भाे र आज ग्रामिण पर्यटकिय क्षेत्रकाे हिसावले हव वन्दै गईरहेकाे छ, यता देवचुली १ केउरेनीमा हाेम स्टे व्यवस्थापन तालिमले शिसवार वाेटे माझी सामुदायिक हाेम स्टे सञ्चालनमा आएकाे छ । संरक्षणमा कर्म अगाडि वढ्दै गर्दा राष्ट्रिय प्रकृति संरक्षण काेष NTNC द्वारा घडियाल गाेहिकाे अनुगमन कार्यमा जाेडिन पुगे , त्यसाेत देवचुली नगरिकाे पहिलाे रेडियाे स्टेशन १०३.८ ह्याप्पी एफ.एम. वाट एतिहासिक घडियाल काव्य उत्सव गरिसकेका थियाैं ।
साेहि दिनहरुवाट मैले संरक्षण अभियानलाई रेडियाे वाट पनि जाेडे , कार्यक्रम हाम्रो वन हाम्रो धन मार्फत । प्रकृति संग साहित्य घडियाल काव्य उत्सव , जहा हामिले साहित्यकारहरुलाई घडियाल गाेहिकाे वारेमा जानकारी तथा रचनाहरु वाचन गरि संरक्षण अभियानमा नयाँ पन दिएका थियाै । तसर्थ गाेहिकाे वारेमा सिक्न जान्न र तिनिहरुकाे आनिवानी वुझ्ने याे अवसर मलाई एकदमै राम्राे र समयकाे माग अनुसारकाे पाए । कहिले डुङ्गामा, त कहिले नदि किनारमा म र मेराे टिमका साथिहरु निरन्तर पाईला चालिरहियो ।
सिकाई सङ्गै आफुले जानेका ज्ञान सिपहरु बिस्तारै पुस्ता हस्तान्तरण गर्दै गए, अभियानमा नयाँ साथिहरु पनि जाेड्दै लगे । हामीहरुले यहि अभियान लाई देवचुली देखि त्रिवेणी धाम सम्म पुराउने लक्ष्यका साथ सिसवार मध्यवर्ती उपभोक्ता समिति , नगरपालिका उप-प्रमुख पार्वता तिवारी सहित वडा अध्यक्ष ज्युहरु सिविएपियुका साथिहरु सवै घडियाल गाेहिकाे समग्र अवस्था, नारायणी नदिमा मानविय चाप जान्न र अध्ययन गर्न हामी सफल भयाैं याे मेराे जिवनकाे आज सम्मकाे सवैभन्दा लामाे जलयात्रा थियाे, र स्मरण याेग्य रहिरहने छ ।
हामी नदिमा निरन्तर अनुगमन गरिरहदा , मलाई व्यत्तिगत र संस्थागत दुवै फाइदाजनक रहेको थियो, सानाे पर्यटन व्यवसायी भएको हिसावले घडियाल गाेहि कहाँ हाेला भनेर पर्यटकलाई झुलाईरहन कहिल्यै परेकाे छैन, ४/५ वटा निश्चित गाेहिकाे बाँस स्थान छन् जहाँ सधैजसाे घडियाल गाेहि र मगर गाेहि पाईन्छ ।
याे सफलताकाे श्रेय उपभोक्ता समिति, निकुञ्ज परिवार, मेराे टिम र सराेकारवाला सवै निकायलाई जान्छ र याे संरक्षण अभियानको निरन्तरताकाे कारण पनि हाे । विगत ३ वर्षदेखिको एउटा मात्रै मुद्दामा हामी अलपत्र पर्याै , राज्यका सवै नितिहरु निरीह भएको अनुभूति भयाे, पुर्व पश्चिम लाेकमार्ग मध्यवर्तीकाे साध, सिमाना छ र साे भन्दा भाथि रहेकाे,चौधरी परिवारकाे उद्योगकाे फाेहर पानी ( ढल ) सिधै नारायणी नदिमा पुगेकाे छ । धेरै पटक भनियाे , लिखित पत्र दिईयाे खैर सुनुवाई नै हुदैन । घडियाल गाेहि मात्रै नभएर जलचर र थलचर सवै प्राणिहरुमा सिधा असर गरेकाे छ । अाजकाे दिन सम्म पनि फाेहर पानी नारायणी नदिमा पुगिरहेकाे छ । माथि रहेका गाेर्खा व्रुअरि , अभिनास ह्याचरि,ढल निकासाका लागि पनि नारायणी नदि नै प्रयाेग गर्छन ।
नदि किनारका स-साना देखी तारे हाेटल जसले एक सिङ्गे गैडा देखाएर आफुहरु कमाउ धन्दामा छन् र डम्पिङ साईड नारायणी नदि वनाईरहेका छन् । यसकाे नियमन कसले गर्ने? कानुनकाे धज्जी उडाउदै ढल निकास नारायणी नदि वनाउदै गर्दा आसपासमा वसनेवास गरिरहेका आम नागरिक प्रत्येक्ष प्रभावित छन् , माटाको उर्वरा शक्ति ह्रास त छदै छ, सिसाका टुक्राहरु समेत खेतमा आउने गरेको छ । अल्पसंख्यक माझी, मुसहर र वाेटे समुदाय, थाेरै सङ्ख्यामा थारु, कुमाल र मगर समुदायका दाजुभाइ, दिदि वहिनिहरु आजको दिन सम्म पनि नदिमा नै आश्रित छन् , उनिहरुकाे चुलाे नै वल्दैन । समुहले जाल खेल्ने निहुमा गाेहिका बाँस स्थानहरु विस्थापित गरेका छन् । कति लाई वैकल्पिक पेशामा जोड्ने प्रयास भएको छ , तर पनि सफलता भने मिलेको छैन । सिविएपियुले खवरदारी गर्ने हो, पैरवि गर्ने हो, नियमनकारी संस्था संग साझेदारी त्यसो भएको हुनाले हामीले जनावर र मानव विचको द्वन्द्व न्युनिकरणका लागि पुलको काम गरिरहेका छौ । हामीकहाँ तियारी जाल करेन्ट जाल वगाइ माछा मार्ने न्यून सङ्ख्यामा छन् , छिटपुट माछा पनि मार्छन ।
१र२ पटक निकुञ्जका कर्मचारीको सामान्य कार्वाहिमा समेत परेका छन् । कोर ईलाकामा गएर माछा मारेको अभियोगमा एकजना माझिको डुङ्गा पक्राउ पर्यो , राजनैतिक दवावका कारण डुङ्गा छुट्यो । करेन्ट लगाई माछा मारेको अभियोगमा ४ जना पक्राउ परे , भोलि पल्ट घरमा आए , फितलो राज्यका कानुन कै कारण हामी संरक्षण अभियान्ताहरु चिन्ताजनक अवस्थामा छौ ।
जल मात्रै होईन थलका जनावरहरु पनि संकटमा छन् । जलवायूको परिवर्तन , मानविय चाप र राजनैतिक भागवण्डा तथा राजनैतिक संरक्षणले वनेका वनका पदाधिकारी , वन समिति यसका कारक हुन सक्छन् ।
विरालोको घाटिमा कसले घण्टी वाध्ने भनेजस्तै यी यावत विषयमा कहिले को वोल्ने स्थानिय निकाय, मध्यवर्ती समिति या अरु कोहि ।
यश अभियानमा लाग्न सदैव प्रेरणा दिने मेरो घर परिवार , हौसला दिने समिति र साथ दिने सहकर्मी सहयात्री साथिहरु सवैमा नमन् ।
संरक्षण र यहाका मानिसहरूको दिगो व्यवस्थापनमा मेरो कलम र कदम निरन्तर चलिरहन्छ ।