देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले रजहर खानेपानी तथा सरसफाई संस्था खानेपानी पाइप लाइनको विस्तारमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।
रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको एक कार्यक्रममा बोल्दैं प्रमुख अतिथी क्षेत्रीले यस्तो बताउनुभएको हो ।
उहाँले रजहर खानेपानी संस्थाले खानेपानी वितरण पूर्वधार विकास निर्माणमा उल्लेखनिय काम गरेको भन्दै आगामी दिनमा पनि नयाँ सोच र योजना लिएर खानेपानी संस्था आगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै रजहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गंगा बहादुर थापाले स्वास्थ्य तथा सफा खानेपानीका लागि खानेपानी संस्थानहरुलाई स्थानिय सरकार र वडाले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेको बताउनुभयो ।
रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा पानी सुरक्षा समितिका सदस्य तथा उपभोक्ताको तर्फबाट रेनुका सुवेदी, युवा पुरुष उपभोक्ताबाट जीवन शर्मा, सल्लाहाकार समितिबाट शम्भु बहादुर रावत र पूर्व अध्यक्ष भुवनेश्वर अधिकारीहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।
साधारणसभामा रजहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गंगा बहादुर थापाबाट बार्षिक कार्य प्रतिवेदन, सचिब संगिता सापकोटा बरालबाट प्रगति प्रतिवेदन, लेखा संयोजक गणेश रायमाझीबाट आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा लेखापाल मनु के.सीले आय व्याय आर्थिक बर्ष २०७६/०७७ मा संस्थाको जम्मा आम्दानी १ करोड ४ लाख ६० हजार १ सय ५३ रुपैया, खर्च ५६ लाख ९ हजार २ सय रुपैया, बैंक मौज्दात १ करोड २५ लाख ३० हजार ३ सय ८२ रुपैया रहेको बताउनुभयो ।
कार्यक्रममा रजहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा रहि संस्था प्रतिको माया र साथ सहयोग गर्ने निवर्तमान कार्य समिति तथा लेखा समितिका पदाधिकारीहरु र निर्वाचन समितिका संयोजक एवम सदस्यहरुलाई सम्मान गरिएको थियो ।