लक्ष्मी आमा समुह लक्ष्मीपुरको सातौं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुमित्रा लम्साल (मिना)को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समुहको उपाध्यक्षमा नमकला भुसाल, सचिब दमकला न्यौपाने, कोषाध्यक्ष सरिता भुर्तेल, सहसचिव मन्धरी भुसाल चयन हुनुभएको छ । यसैगरि समुहको सदस्यहरुमा मनिषा वि.क, पार्वती सारु, रुमा कुमारी अधिकारी, पेमादेवी भुर्तेल, विष्णु शर्मा पाण्डे चयन हुनुभएको छ ।
नयाँ कार्यसमिति चयनका लागि संस्थाका मानार्थ सदस्य सत्यनारायण भुसालको संयोजकत्वमा मिना तिवारी सुवेदी र सावित्री ढकाल सदस्य रहने गरि निर्वाचन गठन गरिएको थियो । लेखा समितिको लागि कार्यसमितिको बैठक बसेर निर्णय गरिने भएको छ । अध्यक्षमा चयन भएपछि नवनिर्वाचित अध्यक्ष सुमित्रा तिवारीले आमा समुहले समाजका विसंगती विरुद्ध काम गर्ने बताउनुभयो । नवनिर्वाचित कार्यसमितिलाई लक्ष्मी युवा क्लबका अध्यक्ष यम बहादुर सारु, पूर्व कोषाध्यक्ष बसुन्धरा भुर्तेल, ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिल लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक सत्यनारायण भुसालले सपथ ग्रहण गराउनुभएकोे थियो । सातौं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशनको अध्यक्षता संस्थाकी अध्यक्ष धनमाया भुसालले गर्नुभएको थियो भने प्रमुख आथित्यता देवचुली वडा नं १२ का वडाध्यक्ष दिनानाथ भुसालले गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुसालले विभिन्न संघसंस्था र सामाजिक कार्यमा भएको महिला सहभागिताको जग बसाल्ने काम आमा समुहले गरेको बताउदैं आमा समुहमा सासुपुस्ता भन्दा बुहारी पुस्तालाई प्रोत्साहन साथै काम गर्ने हौसला बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा लक्ष्मी आमा समुहकी अध्यक्ष धनमाया भुसालले बार्षिक प्रतिवेदन र सोही संस्थाकी कोषाध्यक्ष मन्धरी भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष भुसालले संस्थाको आम्दानी ७ लाख ६३ हजार ५ सय ८९ रुपैया रहेको बताउदै निलकण्ठ शिवालय मन्दिर बनाउदा गरेको सहयोग ४ लाख ३३ हजार ४ सय ६५ रुपैया सहित ४ लाख ६९ हजार ३ सय १० रुपैया खर्च, ३५ हजार रुपैया समुहले लगानी गरेको र २ लाख ७ हजार ४ सय ८९ बैंक खातामा रहेको बताउनुभयो ।
कार्यक्रममा निलकण्ठ शिवालय मन्दिरका अध्यक्ष कृष्णलाल चापागाई, सोहि संस्थाकी पूर्व अध्यक्ष मिना तिवारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु, सहयोगि दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
समूहको सातौं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनमा आमा समूहमा आवद्ध महिला दिदी बहिनीहरु, भुपू अध्यक्षहरु, सल्लाहाकार सदस्यहरु, टोल सुधार समितिका पदाधिकारीहरु, कृषि समुहका प्रतिनिधीहरु लगाएको उपस्थिती रहेको थियो ।