देवचुली,
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपुरको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीको जिल्ला भेलाले भुसाललाई अध्यक्षमा चयन गरेको हो । महासंघको उपाध्यक्षमा सोभित प्रसाद शर्मा ( अग्यौली), सचिवमा श्रीधर शर्मा (कोल्हुवा), कोषाध्यक्षमा पार्वती शर्मा लम्साल (जुल्के) सर्वसम्मत चयन गरिएको हो ।
यसैगरि सदस्यमा उदयराज अर्याल (सेतापानी), टंक लम्साल (अग्यौली), भिम रेग्मी (हुप्सेकोट), राधिका सापकोटा पाठक (गैंडाकोट पम्पिङ), सुभाषचन्द्र ओझा (दिव्यपुरी), हिरादेवि गिरी (कुसुण्डे), भिमलाल कंडेल (कावासोती), रमिला भुजेल (कावासोती), सालिकराम तिमिल्सना (त्रिवेणी), रुमकला काफ्ले (जनवस्ती), प्रकाश गिरी (बुलिङ्गटार) गरि १५ सदस्यीय समिति चयन गरिएको छ । कार्यसमिति चयनका लागि पार्वता तिवारीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो । जसको सदस्यमा थान प्रसाद गैरे र दिपक राज लम्साल रहनुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष भुसालले खानेपानीको समस्या पहिचान गरि जिल्लाका नागरिकहरुलाई स्वच्छ र शुद्ध खानेपानीको पहुँच र २४ सै घण्टा खानेपानीको उपलब्धताका लागि प्रतिबद्ध भएर लाग्ने बताए ।
बुधबार कावासोतीको खानेपानी सभाहलमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालको उपस्थितीमा महासंघको गठन गरिएको थियो । अर्याल कार्यक्रमको प्रमुख अतिथीका रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा बोल्दै अर्यालले खानेपानी भनेको मानवको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले खानेपानीको गुण्स्तरमा सबै खानेपानी संस्थाहरु गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमको सहजीकरण मन बहादुर रानाभाटले गर्नुभएको थियो ।