देवचुली,
खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको देवचुली नगरस्तरीय भेला तथा पानी परिक्षण प्रयोगशाला संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार दलदलेमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपरासीका जिल्ला अध्यक्ष विष्णु प्रसाद भुसालले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिवारीले खानेपानी संस्थाहरुले यहाँका खानेपानीमा के – कस्ता समस्याहरु रहेका छन् त्यसको पहिचान गरि समाधान गर्न लाग्नुपर्ने बताउँदै खानेपानी मात्र नभई सरसफाईलाई जोडेर हरेक समस्यालाई समाधान गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । देवचुली नगरपालिका भित्र रहेका साना योजनाहरु ओझेलमा परिरहेको बताउँदै उपभोक्ताहरुको हकहितका लागि खानेपानी संस्थाहरुले काम गर्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले महासंघको स्थापना , खानेपानीको आवश्यकता, उद्धेश्य र कार्यनिति, रणनीति तथा आगामी कार्यदिशा जस्ता विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रममा सहभागी देवचुली नगरपालिका भित्रका विभिन्न खानेपानी संस्थाका प्रतिनिधिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गंगा बहादुर थापाको अध्यक्षतामा देवचुली नगरस्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको १३ सदस्यीय नगर समिति समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा भुमिसरा आले ( देवचुली), सचिव सुवासचन्द्र ओझा (दिव्यपुरी), कोषाध्यक्ष विना बराल (प्रगतिनगर) र सहसचिव खगराज कंडेल (विशालटार) सर्वसम्मत चयन हुनुभएको छ । यसैगरि समितिका सदस्यहरुमा कृष्ण बहादुर क्षेत्री (देवचुली आँपटारी), नौलासिंह सुनारी (कृतिपुर), जयराज श्रेष्ठ ( धारा–डि मुण्डे), विनु गुरुङ (देवचुली), रुमाकला काफ्ले (जनवस्ती), वलराज वि.क (देवचुली), धन बहादुर क्षेत्री (आँपचौर) र मैना गुरुङ (देवचुली आँपटारी) सर्वसम्मत चयन गरिएको छ ।