डि आर क्षेत्री , हुप्सेकाेट
प्रथम हुप्सेकाेट भलिवल प्रतियोगिता २०७७ काे हिजाे , माघ ३ गते शनिवारका दिन फाईनल खेल सम्पन्न भएको छ । फाईनल खेलमा सङ्खदेव युवा क्लव प्रथम भएकाे छ । प्रथमले नगद रु बीस हजार , सिल्ड र मेडल प्राप्त गरेकाे छ , दृतिय जुनतारा युवा क्लब आयाेजकले नगद दस हजार , सिल्ड र मेडल प्राप्त गरेकाे छ ।
हुप्सेकाेट गाउपालिका भित्रका कुल १८ टिमकाे सहभागिता रहेकाे खेल पाैष २५ गतेवाट सुरुवात भई माघ तीन गते समापन भएको थियाे । समापन समाराेहमा मगर जातिकाे चर्चित काैरा नाच समेत प्रस्तुत गरिएको थियाे । आयाेजक जुनतारा युवा क्लबका अध्यक्ष मीन वहादुर वारघरे काे सभापतित्व रहेकाे समापन समाराेह का प्रमुख अतिथि हुप्सेकाेट गाउँपालिका अध्यक्ष लक्ष्मि पाण्डे रहनुभएकाे थियाे । वडा नं २ का अध्यक्ष पदम पाैडेल , जुनतारा कृषक समुहका अध्यक्ष किशाेर भट्टराई लगायत जनप्रतिनिधि र समाजसेविहरुकाे आतिथ्यता रहेकाे थियाे ।
पाखाे , खालि रहेकाे जमिनलाई कृषिमा यान्त्रिकिकरण गरि यश क्षेत्रमा कागति पकेट क्षेत्रकाे रुपमा विकाश गर्ने र आफू खेल प्रेमि रहेकाे हुनाले खेलजगतमा यहाँ आफुले सक्दाे सहयाेग गर्ने कृषक समुहका अध्यक्ष किशाेर भट्टराईले वताउनुभयाे । खाेला पारि रहेकाे , विकट भनेर चिनिएकाे गुहेरि क्षेत्रकाे विकाशमा सिङ्गो गाउपालिका लागिरहेकाे र यहाँकाे शिक्षा , स्वास्थ , वाटाे जस्ता सवैखाले विकाशमा सकरात्मक रहेकाे कार्यक्रमका प्रमुख अतिथि , गाउपालिका अध्यक्ष लक्ष्मि पाण्डेले वताउनुभयाे ।
जुनतारा युवा क्लबकाे आयाेजनामा वर्षेनि पाैष १५ मा हुने खेल यस वाट माघे सक्रान्तिका दिन समापन हुनेगरि सञ्चालन गरिएको थियाे । हुप्सेकाेट गाउपालिका ,लायन्स क्लब अफ काठमान्डाै कर्पाेरेट , जुनतारा कृषि समूह , यल्लाे फार्म हाउस देवचुलि केउरानि प्रतियाेगिताकाे सहयाेगि संस्थाहरु रहेका थिए । मेला भर्न छिमेकि गाउवाट समेत उलेख्य दर्शकहरुकाे उपस्थिति रहेकाे थियाे ।