देवचुली होटल व्यवसाय संघको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता देवचुली होटल व्यवसाय संघका अध्यक्ष सुरेश पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ रहनुभएको थियो । त्यस्तै विशेष अतिथीको रुपमा होटल व्यवसाय संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष गौरिश्वर न्यौपाने, नवलपुर उद्योग संघका अध्यक्ष कृष्ण गौतम रहनुभएको थियो । कार्यक्रममा देवचुली होटल व्यवसाय संघका सचिव भोजराज ज्ञवालीले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दैं प्रमुख अतिथी रहनुभएका श्रेष्ठले देवचुली नगरपालिका भित्रका होटल व्यवसायहरुमा सबैभन्दा पहिला सरसफाई र शिष्ट बोलीको विकास हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा देवचुली होटल व्यवसाय संघलाई सहयोग पु¥याए बापत देवचुली उद्योग बाणिज्य संघ, धनुषा डिष्ट्रिलरी प्रा.लि र देवचुली डिष्ट्रिलरी प्रा.लि लाई सम्मान गरिएको थियो । कार्यक्रममा नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण गौतम, होटल व्यवसाय संघ गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष गौरिश्वर न्यौपाने, देवचुली नगरपालिकाका प्रवक्ता क्याप्टेन डिल बहादुर खत्री, देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपाने, उद्योग बाणिज्य संघ गण्डकी प्रदेश सदस्य धर्मराज बस्याल लगायतले शुभकामना मन्तव्य दिएका थिए । साथै प्रथम साधारणसभा एवम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले सुरेश पाण्डेको अध्यक्षतामा १४ जना नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार (आज) भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा लक्ष्मण चापागाई, उपाध्यक्ष रुमा सोती थापा मगर, सचिव भोजराज उपाध्याय, सहसचिव खुमलाल भुर्तेल, कोषाध्यक्ष सुधा न्यौपाने, सदस्यहरुमा सुमन श्रेष्ठ, सागर पौडेल, डिलु महतो , देवी प्रसाद भण्डारी, जोख बहादुर जिसी, विष्णु भुर्तेल, डोलराज सारु, गोविन्दलाल महतो चयन गरेको छ ।