देवचुली-१५ प्रगतिनगरमा मुख्य कार्यालय रहेको नवप्रगती पृथ्वी वचत तथा ऋण सहकारी संस्थाको एकीकरण पछीको दोश्रो साधारणसभा शनिबार सम्पन्न भएको छ। साधारणसभा संस्थाका अध्यक्ष मानसिंह खत्रीको अध्यक्षता तथा देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले सहकारीको प्रतिस्पर्धा न्यून ब्याजदर कायम गर्नमा हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सहकारीहरुले उद्यमशील बन्न चाहने निम्न आयस्रोत भएका शेयर सदस्यलाई विना धितो दिईने ऋणको लगानी बढाउनुपर्ने बताउनु भयो। साधारणसभामा संस्थाका अध्यक्ष मानसिंह खत्रीले अध्यक्षको प्रतिवेदन, सचिव कुश्माखर काफ्लेले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यस्तै कोषाध्यक्ष राधा न्यौपानेले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितीका संयोजक यदुनाथ काफ्लेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाले आ.व. ०७६/७७ मा कुल ५ करोड ७२ लाख ३ हजार १ सय ४९ रुपैयाँ आम्दानी गरेको छ भने संस्था सञ्चालनको क्रममा ४ करोड २३ लाख ४७ हजार १ सय ४३ रुपैया खर्च भएको साधारणसभामा जानकारी गराईएको छ । यसैगरी यस आर्थिक बर्षमा नवप्रगती पृथ्वी साकोसले कुल १ करोड ४८ लाख ५६ हजार ६ रुपैया मुनाफा गरेको संस्थाका कोषाध्यक्ष न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्दै जानकारी दिनुभयो। साधारणसभा विनियम तथा कार्यविधी समितिका संयोजक कृष्ण प्रसाद गौतम,सल्लाहकारहरु विष्णुप्रसाद वास्तोला,शोभाकान्त रेग्मी,शशिधर रेग्मी,धर्मदत्त भुसाल,भवेश्वर लम्साल, विवाद समाधान समितिका सदस्य तिल प्रसाद काफ्ले, एकदेव पौडेल, विवाद समाधान समितिका संयोजक रविलाल सापकोटा,परोपकार साकोसका अध्यक्ष खेमराज सापकोटा,जिल्ला सहकारी संघका उपाध्यक्ष होमनाथ जैसी, वडा नं १० का वडाध्यक्ष केशर आले, वडा नं १५ का वडाध्यक्ष हरिभक्त भट्टराई लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा एकीकरण कार्यदलका संयोजक रामप्रसाद शर्मा मरासिनीले संस्था एकीकरणको औचित्य र एकीकरण सन्दर्भमा भएका उतारचढावका विषयमा प्रष्ट पार्नुभएको थियो। एकीकरणपछीको दोश्रो साधारणसभामा उत्कृष्ट वचतकर्ता रफि अहमद(देवचुली-१५), उत्कृष्ट शेयर सदस्य राजकुमार श्रेष्ठ(देवचुली-१५),असल ऋणी अनिल आचार्य(देवचुली-१३), उत्कृष्ट बाल बचतकर्ता सारिका खरेल(देवचुली-१५) लाई सम्मान गरिएको थियो। यसैगरी उत्कृष्ट कर्मचारी हाम्रो दिब्यपुरी सेवा केन्द्रकि सरस्वती पन्त न्यौपाने, विश्वज्योती सेवा केन्द्र कावासोतीकि अनुशा न्यौपाने,ज्येष्ठ सदस्य ढुन्डिराम अर्याल(देवचुली-५) र तुलसी पौडेल जैसी(देवचुली-१५) लाई पनि सम्मान गरिएको छ।
नवप्रगती पृथ्वी साकोस, परोपकार साकोस र ग्रामिण दिब्यलक्ष्मी साकोसले आउँदो पुस २८ गते एकीकरण घोषणा सभा कार्यक्रमको आयोजना गरि मध्यनेपाल बचत तथा ऋण सहकारी संस्थाको रुपमा एकीकृत कारोबार गर्नेछ।