देवचुली नगरपालिका शिक्षा शाखा र जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजनामा नागरिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । किशोरी संरक्षण र नागरिक शिक्षा प्रवर्धनको लागि सो कार्यक्रम गरिएकोे हो । सचेतना कार्यक्रममा बोल्दैं देवचुली नगरपालिका बालमैत्री परामर्श दाता खिमानन्द भुसालले बालबालिकाको समग्र स्थिति र बालिका, बालबालिकाको बिशिष्ट आवश्यकताहरु, देवचुली नगरपालिकामा बालबालिकाको अवस्था के कस्तो छ भन्ने जस्ता महत्वपूर्ण विषयबस्तुहरु उल्लेख गर्नुभयो । उहाँले बालबालिका, बुबा, आमालाई प्रत्यक्ष सेवा दिने हेरचाहकर्ता, शिक्षक, स्वास्थ्यकर्मी लगाएत अन्य कसैले कुनै बालिका उपर हिंसा वा बाल यौन दुव्यवहार भइरहेको, हुन लागेको थाहा पाएमा तुरुन्त प्रहरीलाई खबर गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले हाम्रो नागरिक देवचुली नगरपालिकाको विषयमा बोदैं शिक्षाको क्षेत्रमा हरेक बालबालिकाहरु अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले बिद्यालय शिक्षाका प्रमुख पक्षहरु, घर परिवारमा हुने समस्याहरु, विद्यालय शिक्षा र बालबालिकाका विषयहरु, बिद्यालयमा बाल संरक्षणका लागि गर्न सकिने प्रयासहरु, नागरिक भई बाँच्नु, नागरिक दायित्वको बोध, नागरिक कर्तव्य र अधिकार बुझेर प्रयोग गर्न सकिने, सामाजिकीकरणमा सहयोग हुने, विभिन्न भाषाभाषी धर्म मान्ने विच सहिष्णताको विकास गर्नको लागि, असल समाज निर्माणमा सहयोग गर्नको लागि मद्दत पुग्ने जस्ता विषयहरुको परिभाषा दिनुभयो । कार्यक्रममा बिद्यार्थीहरु, वडा नं ११,८,७,६ का वडाध्यक्षहरु, अभिभाबक लगाएतको उपस्थिती रहेको थियो ।