देवचुली १६ मा रहेको रजहर जेसीजको छैठौं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार रजहरमा रहेको धुसेरी सामुदायिक वनको सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता रजहर जेसीज बर्ष २०२० का अध्यक्ष एवम नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष राजन गौतमले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथ्यता नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल रहनुभएको थियो ।
कार्यक्रममा बोल्दैं प्रमुख अतिथी रहनुभएका खनालले रजहर जेसीजका नवनिर्वाचित २०२१ का अध्यक्ष राजु केसीलाई शुभकामना दिदैं यस क्षेत्रका युवाहरुको क्षमता विकास र संस्थागत विकासका लागि बिभिन्न किसिमका कार्यक्रमहरु संचालन गरि अगाडी बढाउनुहुने छ भन्दै नवनिर्वाचित पदाधीकारीहरुलाई एकजुट भएर अघि बढ्न समेत आग्रह गर्नुभयो ।
उहाँले जेसीजलाई सामाजिक काममा क्रियाशिल हुनुपर्ने भन्दैं जेसीजमा १८ वर्ष देखि ४० वर्ष सम्मका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास रहेको र जेसीजले दीर्घकालीन अवसर सिर्जना गर्छ जस्ता विषयबस्तुहरु उल्लेख गर्नुभयो । कार्यक्रममा बर्ष २०२१ का लागि नवनिर्वाचित अध्यक्ष जेसी राजु केसीको गलामा रजहर जेसीजका पूर्वअध्यक्षहरुले चादीको चेन लगाईदिनु भएको थियो भने वर्ष २०२१का अध्यक्षबाट निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराईएको थियो ।
कार्यक्रममा रजहर जेसीजले समाजसेवी व्यक्तित्वहरु र रजहर जेसीजका पूर्वअध्यक्षहरुलाई मायाको चिनो हरुतान्त्रण गरेको थियो । कार्यक्रममा नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष प्रमीशा काफले, नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष तथा नारायणगढ जेसीज बर्ष २०२० का अध्यक्ष अनोज जोशी, गैडाकोट जेसीजका पूर्वअध्यक्ष , नेपाल जेसीज बर्ष २०२१ का कानुनी सल्लाहकार गोकुल सापकोटा, नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष, रजहर जेसिजकी संस्थापक अध्यक्ष सुलोचना कुवर, जिसी, देवचुली वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्री, विभिन्न बालक्लबहरुका अध्यक्षहरु, संघसस्थाका अध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो ।