डा. संजोग कुमार क्षेत्री, चित्रवन नेचर क्यर हस्पिटल
जाडो मौसम सुरु भएसँगै मानिसहरुमा विभिन्न किसिमका समस्याहरु देखा पर्ने हुन्छ । चिसोले गर्दा मानिसहरुमा ढाड दुख्ने, हात खुट्टा फुल्ने, शरिर दुख्ने, रुगाखोकी लाग्ने लगायतका समस्याले रातदिन पिरोल्ने गर्छ । तर अधिकांस मानिसहरुलाई यो समस्या समाधान कसरी गर्ने, यस्ता समस्याबाट कसरी मुक्त हुने, रोग लाग्नै नदिन के गर्ने भन्ने विषयमा भने अन्योल हुने गर्छन् । ठुला अस्पतालहरुमा गएर औषधि सेवन गर्दा समेत रोग निको नभएका व्यक्तिहरु धेरै हुने गर्दछन् । तर जाडोको समयमा घरमै बसेर पनि हामीले नियमित व्यायाम गर्ने हो भने जाडो समयमा हुने विभिन्न समस्याहरुबाट छुट्करा पाउन सकिन्छ ।
जस्तै :
१. जाडोमा गर्नुपर्ने विशेष व्यायाम
चिसो मौसम नजिकिँदै जाँदा मानिसहरू पनि आफ्नो शरीरको बारेमा लापरवाह देखिन्छन् । यस समयमा व्यक्तिहरू दौड उपयुक्त मान्दैनन् र बाँकी व्यायामहरू छोड्छन् पनि । जाडोको समयमा बिहान प्रदूषणको जोखिम पनि बढी हुन्छ । यस्तो अवस्थामा पनि व्यायाम गर्नु त आवश्यक छ । यस्तो अवस्थामा तपाईंले घरभित्रै गर्ने व्यायाम गर्न सक्नुहुन्छ । मर्निङ वाक अनिवार्य होइन, अनिवार्य त बस् व्यायाम हो ।
२.प्रतिरोध क्षमता बढाउन व्यायामको भूमिका
शरीरमा प्रतिरोध क्षमतामा स्वास्थ्य, निद्रा, पाचन र फिटनेसले धेरै प्रभाव पारेको हुन्छ । व्यायामले सिधा रोग प्रतिरोध क्षमता बढाउँदैन । तर अप्रत्यक्ष रूपमा नियमित व्यायाम गर्नाले तपाईंको स्वास्थ्यलाई फाइदा पु¥याइरहेको हुन्छ । स्वास्थ्य राम्रो भएपछि निन्द्रा राम्रो लाग्छ, पाचन र मेटाबोलिजम सही हुन्छ, जसले रोग प्रतिरोध क्षमता पनि बढाउँछ । व्यायामका अतिरिक्त तपाईंको शरीरको सम्पूर्ण भागमा रगत सञ्चार पनि छिटो हुन्छ, त्यसकारण सबै अंगहरूले अक्सिजन र पोषणहरू खाना मार्फत शरीरबाट प्राप्त गर्दछन् । यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । त्यसैले समग्र व्यायाम राम्रो प्रतिरक्षाको लागि धेरै महत्वपूर्ण हुन्छ ।
व्यायामले मुटु, फोक्सो, हड्डी, मांसपेशीहरू र मेटाबोलिकलाई स्वस्थ बनाउन भूमिका खेल्छ । व्यायामले कैयौं नसर्ने रोगहरु स्ट्रोक, मधुमेह, दम र आस्तियोपोरोसिस जस्ता रोगहरूको संक्रमण रोक्न मद्दत गर्छ । दैनिक व्यायाम गर्ने हो भने आफ्नो शरीरमा थुप्रै सकारात्मक परिवर्तनहरूको महसुस गर्न सकिनेछ । जस्तै शरीरमा रहेका सेरोटोनिन, डोपामाइन र नोरिपाइनफ्रिन हर्माेनको राम्रो सन्तुलनले हाम्रो मुड नियन्त्रणमा समेत भूमिका खेल्छ । त्यसैले यो भन्नु गलत हुनेछैन कि व्यायाम राम्रो स्वास्थ्यसँग सम्बन्धित छ ।
३.मुटु रोगबाट बच्नको लागि
सामान्यतया जाडोमा मुटुसँग सम्बन्धित बिरामीहरू बढी जोखिममा हुन्छन् । यो पनि सत्य हो कि यस अवस्थामा व्यायामले हृदय रोगको सम्भावना कम गर्न मद्दत गर्छ । फोक्सोबाट ब्याक्टेरिया हटाउन मद्दत गर्छ । सही व्यायामले तपाईंलाई जाडोमा पनि फिट राख्छ र तपाईंलाई रोगबाट बचाउन मद्दत गर्छ ।
माथि उल्लेख गरिएका कुराहरु हामी सबैले नियमित रुपमा पालना गर्नसके पक्कै यो चिसोबाट बच्न सकिन्छ ।
यो चिसोबाट आँफू पनि बचौँ अरुलाई पनि बचाऔँ !