देवचुली,
अपांगताका कारण बाहिर परेकाहरुका लागि समावेशिकरण परियोजनाको परिचायत्मक अन्तर्गमा रहेर देवचुली नगरपालिकामा आगामी तीन बर्षसम्मका लागि कोपिला नेपालले काम गर्ने भएको छ । विहिबार कोपिला नेपालको आयोजनामा देवचुली नगरपालिकाका जनप्रतिनिधिसँग परियोजना प्रस्तुति तथा सुझाव संकलन कार्यक्रममा उक्त कुराको विषयमा छलफल भएको थियो । देवचुली नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा बोल्ने जनप्रतिनिधीहरुले नगरपालिका भित्र अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक पर्ने सहयोग गर्न आँफुहरु हरदम तयार रहेको बताएका थिए ।
कार्यक्रममा कोपिला नेपालका संस्थापक तथा वर्तमान सल्लाहकार प्रकाश राज वाग्लेको अध्यक्षता रहेको थियो भने देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्तयता रहेको थियो । यसैगरि विशेष अतिथीका रुपमा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल रहनुभएको थियो भने अतिथीका रुपमा देवचुली नगरपालिकाका १ देखि १७ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा, स्वास्थ्य शाखा सि.अ.हे.व पिताम्बर भूर्तेल, महिला तथा बालबालिका शाखा प्रमुख विमला लम्साल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका प्रवक्ता क्याप्टेन डिल बहादुर खत्रीले अपांगता व्यक्तिहरुलाई राहत वितरण मात्र नभई उनीहरुको क्षमता अनुसार सिपमुलक तालिम अथवा दिगो रुपमा रोजगारको व्यवस्था गर्न सके उदाहरणीय काम हुने बताउनुभएको थियो ।
यसैगरि कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले देवचुली नगरपालिका भित्र रहेका अपांगता विद्यार्थीहरुका लागि आवसीय शिक्षा रहेको र उनीहरुले पाउनुपर्ने सम्पूर्ण सेवासुविधा गुण्स्तरीय रहेको बताउँदै कोपिला नेपालसँग आगामी दिनमा समन्वय गरेर काम गर्ने बताउनुभएको थियो ।
यसैगरि कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले समाजमा अझै पनि अपांगता व्यक्तिहरुलाई हेर्ने दृष्किोण फरक रहेकाले उनीहरुका लागि पनि सिपमुलक कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले अपांगताको लागि नगरपालिकामा पनि केही योजना रहेको बताउँदै आगामी दिनमा नगरपालिकाले छुटाएको बजेटले अपांगताको क्षेत्रमा केही आयआर्जन हुने कार्यक्रम गर्ने बताउनुभएको छ । उहाँले अपांगता भएको व्यक्तिहरुले उत्पादन गरेको सामाग्रीलाई बजारीकरण गर्ने जिम्मा लिएर देवचुली नगरपालिका अगाडि बढने बताउनुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले अपांगता भएका व्यक्तिहरुका लागि निष्पक्ष रुपमा नगरपालिकासँगको समन्वयमा सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गर्नुभएको थियो । कोपिला नेपालले अपांगता व्यक्तिहरुलाई मात्र नभई अति विपन्न परिवारका लागि सराहणीय काम गर्दै आईरहेकाले धन्यवाद समेत व्यक्ति गर्नुभएको थियो ।
कार्यक्रममा कोपिला नेपालका संस्थापक तथा वर्तमान सल्लाहकार प्रकाश राज वाग्लेले कोपिला नेपालले विगत दुई बर्ष देखि देवचुली नगरपालिकामा अपांग व्यक्तिहरुका लागि काम गर्दै आईरहेको र आगामी तीन बर्षसम्मका लागि काम गर्ने बताउनुभएको थियो । विशेष गरि अपांग र अति विपन्नका लागि सहयोग गर्ने, अपांगता बालबालिकाहरुको शिक्षामा पहुच बढाउने, अपांगता व्यक्तिहरुको मानसिक र शारिरक क्षमता अभिबृद्धि गर्ने जस्ता कार्य गर्ने वाग्लेले बताउनुभयो ।
नगरपालिका अपांगता मैत्री भनिरहँदा अझै पनि शिक्षा, स्वास्थ्य, यातायात जस्ता कुराहरुमा अपांगता व्यक्तिहरुलाई पछाडि पारिएकोले धौलागिरी अपांग संस्थाका अध्यक्ष विष्णु काफ्लेले कोपिला नेपाल र देवचुली नगरपालिकालाई व्यविस्थत बनाउन सुझाव दिनुभएको थियो ।
कार्यक्रमको सहजीकरण कोपिला नेपालबाट देवचुली नगरपालिकाका सहजकर्ता कमला सापकोटाले गर्नुभएको थियो ।