देवचुली,
पूर्वी नवलपुरको बुलिङ्गटार घर भएका पदम बहादुर कुमाललाई सामसुङ मोबाईल खरिद गर्दा गाडी उपहार परेको छ । सामसुङको वडा दशैं विग धमाका कार्यक्रमको बम्पर उपहार अन्तर्गत कुमालले दलदले बजारमा रहेको अपिल मोबाईल हाउसमा मोबाइल खरिद गर्दा पुरस्कारमा गाडी प्राप्त गरेका हुन । उनले रेनल्टको डस्टर गाडी बम्पर उपहारमा जितेका हुन् । जसको बजार मुल्य करिब ४० लाख रुपैया पर्दछ । सामसुङले दशैं तिहारको अवसर पारेर उपहार योजना ल्याएको थियो । पछिल्लो २ महिनामा मोबाइल खरिद गरेका ग्राहकहरु बिच “लक्की ड्र” गरिएको थियो ।
बुधबार एक कार्यक्रमको आयोजना गरि कुमाललाई गाडी प्रदान गरिएको छ । उक्त कार्यक्रमको अध्यक्षता सामसुङका लागि नेपालको आधिकारिक विक्रता आइ.एम.एस का जनरल म्यानेजर कैलाश नन्दन ऐयरले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष एंव नगर प्रवक्ता क्याप्टेन डिल बहादुर खत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथीका रुपमा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपाने,उपाध्यक्ष अनुपलाल श्रेष्ठ, आइ.एम.एसका एस.एस.एम खडक रावत, एस.एच ईन्टरप्राईजेजका संचालक एंव रिजनल डिस्ट्रीव्युटर रन्जित विसुराल, अस्थायी प्रहरी पोष्ट दलदलेका प्रमुख अर्जुन राना लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका खत्रीले अहिले सम्म मोबाईल खरिद गर्दा यतिठुलो उपहार परेको आँफूले थाहा नपाएको बताउँदै कुमाललाई बधाई दिनुभएको छ ।
यस्तै विशेष अतिथी रहनुभएका देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले दलदलेको मोबाईल पसलबाट मोबाइल खरिद गर्दा गाडी उपहार पर्नु सुखद कुरा भएकाले सामसुङ प्रति मानिसहरुमा विश्वास अझै बढेको बताउनुभएको थियो ।
यसैगरि गाडी उपहार पाएका बुलिङ्गटार निवासी पदम बहादुर कुमालले आँफूलाई सुरुमा दश हजारको मोबाईल खरिद गर्दा गाडी उपहार परेको विश्वास समेत नलागेको बताएका थिए । ठुलो मोबाईल चलाउने ईच्छा भएता पनि लामो समय टिक्ने मोबाइल आवश्यक परेकाले सामसुङ मोबाइल खरिद गरेको बताउँदै बम्पर े उपहारमा गाडी प्राप्त गर्दा अविश्वसनीय भएको बताएका थिए ।
कार्यक्रमको समापन सामसुङका लागि नेपालको आधिकारिक विक्रता आइ.एम.एस का जनरल म्यानेजर कैलाश नन्दन ऐयरले नेपाल देखि बाहिरी देशमा पनि सामसुङको निकै ठुलो विश्वास रहेको बताउँदै विजेता कुमाललाई बधाई दिनुभएको थियो ।
यसैगरि कार्यक्रममा बोल्दै अपिल मोबाइल हाउसका प्रोपाईटर अपिल जोसीले सामसुङले ग्राहक प्रति निकै ठुलो विश्वास प्रदान गरेको बताएका थिए । कार्यक्रममा उपस्थित सम्पूर्णले बम्पर उपहार गाडी पाएका कुमाललाई बधाई दिएका थिए ।