देवचुली,
विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण लामो समय बन्द रहेका विद्यालय लकडाउन खुलेको केहि समय पछि मात्र संचालनमा आएका छन् । विद्यालय संचालनमा आएपछि ७ महिना देखि ठप्प रहेका देवचुली नगरपालिकाको शिक्षण सिकाई क्रियाकलाप संचालनमा आएका छन् ।
कोभिडका कारण बन्द रहेका विद्यालय शैक्षिण क्रियाकलाप सहजीकरण गर्ने अभिप्रायले नेपाल सरकारले विद्यालय पुन संचालन सम्बन्धी कार्यढाँचा जारी गरेको थियो । कोभिड १९ को जोखिम नभएका र जोखिम कम हुँदै जाने स्थानीय तहमा आलोपालो सिफ्ट लगायतका उपयुक्त मोडालिटी अपनाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अनुरोध गरेसँगै विद्यालयहरुमा पठनपाठन सुरु भएका छन् ।
करिब ७ महिना विद्यालयबाट बञ्चित भएका बालबालिकाहरु पनि विद्यालय जान पाउँदा खुसी देखिन्थे । देवचुली नगरपालिका शिक्षा शाखाले पनि बालबालिकाको पठनपाठन खेर नजाहोस भन्ने उद्धेश्यले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने र दैनिक दुई सिफ्टमा विद्यालय संचालन गर्न आग्रह गरे सँगै देवचुली नगरपालिकाका अधिकांस विद्यालयहरु खुलेको पाईएको छ ।
विद्यार्थीहरु विद्यालयमा उपस्थित भइसकेपछि घरमा जान नमान्ने अवस्था समेत रहेको देवचुली १६ मा रहेको देवचुली माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले बताउनुभयो । लकडाउनको समयमा भर्चुल माध्यमबाट पठनपाठन संचालन गरेपनि खासै उपयुक्त नभएको भण्डारीले गुनासो गर्नुभयो । विद्यालयले अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिरहेता पनि कतिपय ठाँउमा विद्यार्थी स्वंयमले विद्यालयमा रहेसम्म मास्क, सेनिटाईजर लगाउने तर विद्यालय बाहिर भएपछि स्वास्थ्य सुरक्षा पालना नगर्ने पाइएकाले यस विषयमा विद्यार्थी सचेत हुनुपर्ने भण्डारीले बताउनुभयो ।
कोरोनाको भयावह अवस्थालाई पार गरेर विद्यालय पुन फर्किन पाउँदा निकै खुसी लागेको देवचुली माध्यमिक विद्यालयमा अध्यानरत कक्षा ११ की छात्रा रेजिना घर्ती मगरले बताउनुहुन्छ । स्वास्थ्य सँगै बालबालिकालाई शिक्षण क्षेत्र पनि निकै महत्वपूर्ण रहेकाले पठनपाठनलाई निरन्तरता दिनुपर्ने मगरले बताउनुहुन्छ ।देवचुली माध्यमिक विद्यालयका विद्यार्थीहरु
लकडाउनको अवधिमा इनटरनेटको माध्यमबाट जुम जस्ता एप्सबाट पठनपाठन गरेपनि विद्यालयमा उपस्थित भएर पढे जस्तो नहुने देवचुली माध्यमिक विद्यालयका कक्षा १० मा अध्यनरत छात्र हेमन्त लम्सालले बताएका छन् । कोभिडले लामो समय पठनपाठनलाई बाधा पु¥याएकाले एस.ई.ई दिने विद्यार्थीहरु अब गम्भीर भएर पढ्नु पर्ने बताएका थिए ।
न्यू नवल ईङ्गिलस बोडिङ्ग स्कुलमा थर्मलगनले ज्वोरो नापिदैंसाबुन पानीले हात धुँदै
यसैगरि देवचुली १४ मा रहेको न्यू नवल ईङ्गिलस बोडिङ्ग स्कुलमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूर्ण रुपमा पालना गरेको पाईएको छ । विद्यालयमा विद्याथीहरुलाई दुई भागमा विभाजन गरेर संचालन गरेको विद्यालयका प्रधानाध्यापक किरण भट्टराईले जानकारी दिनुभयो । विद्यार्थीहरु विद्यालयमा उपस्थित हुने समयमा विद्यालयको गेटमा नै थर्मलगनले ज्वोरो नापिने, मास्क लगाएको नलगाएको चेक गर्ने, सेनिटाइजर प्रयोग गराउने जस्ता स्वास्थ्य मापदण्ड पालना पश्चात विद्यालय भित्र प्रवेश गराउने गरेको प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।
न्यू नवल ईङ्गिलस बोडिङ्ग स्कुलका बालबालिकाहरु दुरि कायम गरि बसिरहेका
विद्यालयहरु भित्र पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डलाई अबलम्ब गरिरहेको देवचुली ७ रामबासमा रहेको भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक अग्निधर भुसालले जानकारी दिनुभयो । विद्यालय भित्र विद्यार्थी प्रवेश गरे पश्चात पुरा जिम्मेवारी विद्यालयको हुने हुँदा उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिने गरेको भुसालले बताउनुभयो । कोभिडको प्रभाव कस्तो रहन्छ त्यो अनुसार अबको बैशाख सम्मको लागि विभिन्न योजनाहरु तयार पारि यस बर्षको शैक्षिक सत्रलाई समापन गर्ने भुसालले बताउनुभयो ।
भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा गेटमा सेनिटाईजर
लकडाउनको समयमा घरमा बसेर पनि धेरै कुरा सिकेको भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यानरत छात्र एन्जल भट्टराईले बताएका छन् । विद्यालयमा नियमित आउँदा परिवारलाई समय दिन नपाउँदा लकडाउनले परिवार सँग समय बिताउने मौका दिएको बताउँदै घरमा बसेर पनि आफ्नो परिवारबाट महत्वपूर्ण कुराहरु सिक्ने मौका पाएको भट्टराईले बताउँछन् ।
विद्यार्थी बेन्चमा बस्दा दुरि कायम गर्दै
लामो समय विद्यालयबाट विद्यार्थी बञ्चित भएता पनि उनीहरुलाई अनलाईनबाट जोडि रहेकाले गर्दा पनि बालबालिकामा खासै परिवर्तन नआएको देवचुली १५ प्रगतिनगरमा रहेको विश्व ज्योति बोडिङ्ग स्कुलका प्रधानाध्यापक प्रदिप बास्तोलाले बताउनुभएको छ । शिक्षकशिक्षिकाले विद्यार्थीको स्वास्थ्यमा कुनै कमि कमजोरी नगरेकाले सम्पूर्ण अभिभावकलाई धैर्यताले आफ्ना बालबालिकालाई विद्यालय पठाउन समेत आग्रह गर्नुभएको छ ।विश्व ज्योतिका बालबालिकाहरु फेसक्यापमा
स–साना बालबालिकालाई मानसिक रुपमा तयार गर्न गाह्रो भएता पनि एकचोटि भनेपछि उनीहरुलाई अरु दिन भन्न नपरेको विश्व ज्योति बोडिङ्ग स्कुलका प्राथामिक तहका शिक्षिका प्रेमा भुसालले बताउनुभयो ।यस्तो अवस्थामा विद्यालय संचालन भएपछि बालबालिका तथा शिक्षकशिक्षिकहरुले कति पनि हेलचेक्राई नगरीकन संयमित र सुरक्षित भई पठनपाठन अगाडि बढाई यस शैक्षिक सत्रको शिक्षण सिकाई क्रियाकलाप पुरा हुनेछ भन्नेमा हामी सबै विश्वसत छौँ ।
आँफू पनि बचौँ अरुलाई पनि बचाऔँ ।।।