देवचुली,
देवचुली नगरपालिकाको रजहरमा रहेको रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था यतिबेला निर्वाचनको संघारमा रहेको छ । खानेपानीको कार्यसमिति र लेखा समितिको लागि निर्वाचन हुन लागेको हो ।
आगामी मंसिर २७ गते हुन लागेको कार्यसमिति र लेखा समितिको निर्वाचनमा प्रगतिशील धारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा पार्टीले र प्रजातान्त्रिक धारमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातान्त्रिक पार्टीले संयुक्त उम्मेदवारी दिएका छन । समितिको दुई पदका लागि साझा विवकेशीलको पनि उम्मेदवारी रहेको छ ।
रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदका लागि गंगा बहादुर थापा, गोविन्द प्रसाद सापकोटा र हरि प्रसाद गौतमको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक टोप राज कोइरालाले जानकारी दिनुभयो । अध्यक्ष पदका लागि थापा प्रगतिशीलका उम्मेद्वार हुन भने सापकोटा प्रजातान्त्रिकका उम्मेद्वार हुन र गौतम साझा विवकेशीलको उम्मेद्वार हुन ।
यसैगरि उपाध्यक्ष पदका लागि लाल प्रसाद अधिकारी र टिका शर्मा भुसाल, सचिव पदका लागि नारायण पौडेल र संगिता बराल सापकोटा, सहसचिवको पदका लागि मनिकला आचार्य र जमुना कंडेल, कोषाध्यक्ष पदका लागि तिर्था चालिसे (सुष्मा), डिलमाया मरासिनी र जमुना अर्यालको उम्मेद्वारी परेको छ ।
यसैगरि सदस्य पदका लागि साविक रजहर १ बाट एकनाथ पुडासैनी र मुक्ति प्रसाद पौडेल, रजहर २ बाट तुलसी महतो र खोर बहादुर थनेत, रजहर ४ बाट टेक बहादुर तामाङ र विदारी लाल तामाङ, रजहर ५ बाट विश्वनाथ पौडेल र गंगाराम थनेत, रजहर ६ बाट सावित्री खरेल र अमर बहादुर मल्ल, रजहर ७ बाट धन बहादुर अधिकारी र खुम बहादुर अधिकारी, रजहर ८ बाट नर बहादुर दर्जी र मिना आचार्यको उम्मेद्वारी परेको छ ।
खानेपानी समितिको लेखा संयोजक पदका लागि हरि काफ्ले र गणेश बहादुर रायमाझी, सदस्य पदका लागि चुण्ड प्रसाद सापकोटा, पुनम गुरुङ, शान्त कुमार वाग्ले र शान्ती चालिसेको उम्मेदवारी परेको छ । उम्मेदवारहरु यतिबेला चुनाव प्रचारप्रसार र भोट अपिलका लागि उपभोक्ताको घरदैलोमा पुगिरहेका छन् ।