देवचुली,
महिला तथा बालबालिका विरुद्ध भईरहेको हिंसा, दुव्र्यवहार, विभेद अन्याय जस्ता विभिन्न प्रकारका हिंसा अन्त्य गर्न बालबालिका स्वंयमले आवाज उठाउनुपर्ने एक कार्यक्रममा बालबालिकाले बताएका छन् । शनिबार देवचुली नगरपालिका वडा नं १७ बरचुली माध्यमिक विद्यालयमा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडास्तरीय बालक्लबका पदाधिकारीहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रममा बालबालिका धेरै हिंसामा परेकाले हिंसा कम गर्न बालबालिका स्वंयमले आवाज उठाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा लैङ्गिक हिंसा विरुद्ध जनचेतना जगाउने र महिला, बालबालिका विरुद्ध हुने हिंसाको प्रभावलाई कम गर्ने उद्देश्य सहित एक दिने अभिमुखीकरण कार्यक्रम संचालन गरिएको जागृती बाल तथा युवा सरोकार नेपालकी अभियानकर्ता निरुता खत्रीले बताएकीछिन् ।
पछिल्लो समय नेपालमा बालबालिका र महिला माथि हुने हिंसा चिन्ताजनक रुपमा बढदै गएकाले हिंसा सहने चुपचाप बस्नाले हिंसाका घटनाहरु दिनप्रति दिन बढेकाले आवाज उठाउनुपर्ने कार्यक्रममा उपस्थित किशोरी दिपशा अधिकारीले बताएकी थिइन् ।
कार्यक्रममा देवचुली १७ वडा बाल सञ्जालका अध्यक्ष रेजिना घर्ती मगरको अध्यक्षता रहेको थियो भने देवचुली १७ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यको प्रमुख आतिथ्तयता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शहर देखि ग्रामीण बस्तीमा जनचेतना फैलाउनुपर्ने बताउँदै वडा भित्र कुनै हिंसाका घटनाभए त्यस विरुद्ध आवाज उठाउनुपर्ने बताएका थिए ।
यस्तै कार्यक्रममा देवचुली १७ वडा बाल सञ्जालका अध्यक्ष रेजिना घर्ती मगरले लैङ्गिक हिंसा विरुद्ध आवाज कसरी उठाउने, बालबालिकाको कस्तो भुमिका रहन्छ भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम गरिएको र कार्यक्रममा उपस्थित बालबालिकाले सिकाएका कुराहरु ब्यवहारमा उतार्न सके हिंसाका घटनाहरु कम हुने बताएकी थिईन् ।
कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका किशोरी अभियान्ता निरुता खत्री, सुस्मा पोख्रेल, प्रतिमा आचार्य, रेजिना घर्ती लगायतले प्रशिक्षण गरेका थिए । कार्यक्रममा देवचुली १७ का करिब ३० भन्दा बढि बालबालिकाको उपस्थिती रहेको थियो ।