देवचुली,
देवचुली ११ को एकता सामुदायिक बन उपभोक्ता समुहको बन श्रोत सर्वेक्षण मत सम्पन्न भएको छ। गत कार्तिक ३ र ४ गते गरिएको मत सर्वेक्षण मार्गदर्शन २०६१ बमोजिम गठन गरिएको समुहले सहभागितामूलक विधिबाट बन प्राबिधिकको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। बि स २०६१ सालमा विधिवत रुपमा दर्ता गरि समुहले साविकको प्रगतिनगर गाबिसको ४ वटा वडा ९५,७,८,९ ०को ७०० घरधुरीको सहभागितामा सामुदायिक बन क्षेत्रको रुपमा संरक्षण , सम्वर्द्धन र व्यवस्थापन गर्दै आएको छ।
समूहले बिधान बमोजिम संचालन र व्यवस्थापन गर्दै आइरहेको सन्दर्भमा नेपाल बिद्ध्युत प्राधिकरण हेटौडा बर्दघाट २२० के भी प्रशारण लाइन आयोजनाले उक्त क्षेत्र बाट कटान भएको काठ दाउराको बार्षिक स्वीकृत कटान समायोजन सम्बन्धमा नेपाल सरकारको २०७६ फाल्गुन २१ गते को निर्णय बमोजिम उक्त प्रशारण लाइनमा परेका समुदायिक बनको कार्ययोजना परिमार्जनको गर्न पर्ने भए बमोजिम उक्त समुहबाट बन ऐन २०७६ सामुदायिक बन बिकासको मार्गदर्शन २०७१ बमोजिमको प्रक्रिया पुरा गरि सव डिभिजन बन कार्यालय देवचुली बुलिङ्गटारको प्राबिधिक सहयोगमा कार्ययोजना परिमार्जनका कार्यहरु संचालन गर्दै आइरहेको छ।
बन ऐन २०७६ को दफा १८ को उपदफा ५ बमोजीम सामुदायिक बनका कार्ययोजना बनाउदा वा आवस्यकता अनुसार संसोधन गर्दा संम्बन्धित स्थानिय तहको परामर्श लिनुपर्ने तथा ऐन को दफा २२ बमोजिम गर्नुपर्ने भनि व्यवस्था भएको समुहको कोष परिचालन सम्बन्धमा स्थानीय तह संग समन्यव गरि गरिबी न्यूनीकरण , महिला शसक्तिकरण तथा उधम बिकासका कार्यक्रमको पहिचान तथा ऐन को दफा ३४ बमोजिम समुहले स्थानिय तह वा संघ संस्था वा निजि क्षेत्र वा सहकारी संगको साझेदारीमा समूह संचालन गर्ने बन उधम र पर्यापर्यटन कार्यक्रमको बारेमा सब्नाधित स्थानीय तह संग छलफल परामर्श गराई पहिचान गरिएका योजना सहित विधिवत रुपमा स्थानीय तहबाट गरिएको नीतिगत रायप्रतिक्रिया रहित तर्जुमा संगै अन्य बिबिध कुराहरु र नगरपालिका बीच हुने सहकार्य योजना पहिचान गरि नीतिगत प्रतिक्रिया उपलब्ध गराउन वडा ११ र १२ समन्वयमा परामर्श बैठक गरिएको समुहका अध्यक्ष हुमाकान्त सुबेदीले बताउनु भयो।
सामुदायिक बन बिकासको मार्गदर्शन २०७१ बमोजिम बन सिमाना सर्भे , बन क्षेत्रको धरातली हिडाइ उपभोक्ताहरुको सहबागीतामुलक सम्पन्नता स्तरीकरण , उपभोता शशक्तिकरण , घरधुरी सर्भेक्षण , लक्षित समुह छलफल कार्यक्रमहरु सम्पन्न भैसकेका छन्। यधपी दफा २२ बिषयहरुलाई साधारण सभाबाट अनुमोदन गराई डिभिजन बन कार्यालय नवलपुर बाट स्वीकृत भएपछी कार्यन्वयन समेत गरिने अध्यक्ष सुबेदीले बताउनुभयो।