देवचुली,
फूलैफूलको पर्व तिहार आउन अब एक हप्ता पनि छैन । तिहारको रौनक भने यस बर्ष दसैं अगाडि नै घरघरमा ढकमक्क फूलेका सयपत्री र मखमलीले तिहारको निम्तो दिइसकेको थियो । चाडपर्व मनाउन पाईयोस या नपाइयोस ढकमक्क फुलेका फूलले तिहारको छुट्टै अनुभुती दिन्छ ।
तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु–भाइ पूजा गर्न, सयपत्री–मखमली फूल नै प्रिय मानिन्छन्। काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, पर्सिपल्ट गाई हुँदै गोवद्र्धन पूजा र भाइटीकामा सयपत्री र मखमली प्रयोग हुन्छ। लक्ष्मीपूजामा अघिल्लै दिनदेखि घर, आँगन, बारदलीलगायत सबैतिर फूलले सिँगारेर चिटिक्क बनाइन्छ।
यस्तै देवचुली १० पृथ्वीनगरकी रिता भुसाल भने आफ्नो घरमा ढकमक्क फूलेका फूल देखेर मख्ख पर्नुभएको छ । यस बर्ष मलामासका कारणले तिहार ढिलो परेकाले धेरैको घरमा फूल नहुँदा आफ्नो घरमा फूलेका फूल देखेर दंग पर्नुभएको छ । दशैँ पछिको महान चाड तिहारमा विशेषत सयपत्री र मखमली फूलको निकै महत्व हुने गरेको बताउँदै कोरोनाको बेलामा जस्तो छ त्यस्तैमा सन्तुष्टि भएर तिहार मनाउन अनुरोध गर्नुहुन्छ ।
मलामासका कारणले यस बर्ष भने अघिल्ला बर्षहरुमा भन्दा ढिला तिहार परेकाले धेरैको घरआँगनमा सयपत्री र मखमली फूलहरु फुलेर पनि सुकिसकेको अवस्था रहेको छ । यो समयमा किन्न जाउँ भने पनि कोरोनाको समय भएकाले कतै विक्री वितरण नभएको प्रगतिनगरकी विनीता श्रेष्ठले बताउनुहुन्छ ।
सयपत्री र मखमली फूलको माला उनेर आफ्नो दाजुभाईलाई लगाएर सयपत्री फूल जस्तै लामो आयु होस भन्ने मान्यता पनि रहेको छ । अहिलेको कोरोनाको परिस्थती त्यसै माथि ढिला तिहार रहेकाले सम्पूर्णलाई सुरक्षितका साथ दुरि कायम गरि मनाउन देवचुलीकी अश्मी सदाशंकरले बताउनुभयो ।
कोरोनाको कहर त्यस माथि नेपालीहरुले मनाउने महान चाडहरु दशैँलाई जसरी हामीले सामाजिक दुरि कायम गरि मनायौँ त्यसरी नै सम्पूर्णले तिहारलाई बिदा गर्ने वातावरण गर्याै । तडकभडक नगरी आफु सँग जे छ त्यसै मा रमायौँ ।
मखमली जस्तै फुलोस मनका रहरहरु
सयपत्री जस्तै रंगीन रहोस जीवनका पलहरू
सबै दाजू ,भाईको निधार रंगियोस,
दीदी , बहिनीको हात खाली नरहोस सम्पूर्णमा २०७७ सालको ह्याप्पी एफ।एमको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।