देवचुली ,
देवचुली नगरपालिका वडा नं ७ रामबासमा रहेको भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयको ३४ कोठे “नेपाल भारत मैत्री” भवन समुद्धाटन गरिएको छ । सोमबार गण्डकी प्रदेशका सांसद रोशन बहादुर गाहाको प्रमुख आतिथ्यतामा भवनको समुद्धाटन गरिएको हो ।
समुद्धाटन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख आतिथि रहनुभएका गण्डकी प्रदेशका सांसद रोशन बहादुर गाहाले भारत सरकार र भारतीय दुतावासबाट नवलपुर जिल्लाको देवचुली नगरपालिकामा एउटा नमुना ३४ कोठे भवनको समुद्धाटन गर्न पाउँदा निकै खुसी लागेको बताउँदै भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले देवचुली नगरपालिकामा रहेको भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयले शिक्षाको निम्ति ठुलो योगदान पु¥याएको बताउँदै नवलपुरका अन्य विद्यालयहरुले पनि यस विद्यालयबाट ज्ञान लिन आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिनुभएका भारतीय राजदुतावासका काउन्सिलर डा. प्रफुल्लतचन्द्र शर्माले विद्यालयलाई बधाई साथै सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि भारतीय दुतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमलाई समापन गर्दै कार्यक्रमको अध्यक्ष रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले “नेपाल भारत मैत्री” भवन नवलपुर क्षेत्रमा गहनाको रुपमा निर्माण भएको बताउँदै आगामी दिनमा विद्यार्थीको पठनपाठनमा सहज हुने बताउनुभएको थियो । भुसालले भारतीय राजदुतावासलाई धन्यवाद दिदैँ विद्यार्थीलाई आवत जावतका लागि यातायातको आवश्यकता भएकाले भारतीय दुतावसले उपलब्ध गराउनेमा आशावादी रहेको बताउनुभयो ।
नेपाल भारत मैत्री भवन निर्माणका लागि वि.सं २०६९ साल पुस १ गते सम्झौता भएको थियो भने वि.सं २०७० साल असार ५ गते शिलान्यास गरिएको र भारत सरकारको कर बाहेक २ करोड ८४ लाख २ हजार ४२ रुपैंयाको लागतमा भवन निर्माण सम्पन्न भएको नेपाल भारत मैत्री भवन संयोजक डिल्लिराम कडरियाले जानकारी दिनुभयो ।
नेपाल भारत मैत्री भवन नाम राखिएको ३४ कोठे भवनबाट हाल पठनपाठन भइरहेको र नयाँ प्रबिधिको प्रयोग गरि उक्त भवनमा आगामी दिनमा डिजिटलाइजलाई प्राथमिकता दिइने भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक नरदेव न्यौपानेले बताउनुभयो ।
उक्त समुद्धाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले, नेपाल भारत मैत्री भवन संयोजक डिल्लीराम कडरिया, शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी बर्दघाट सुस्ता पुर्वका प्रमुख कृष्ण चन्द्र पोख्रेल, देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका माननीय सांसद विष्णु प्रसाद लामिछाने लगायतले भौतिक उपस्थिति सहित मन्तव्य राख्नुभएको थियो भने प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी,प्रदेश सांसद विष्णु लामिछाने,भारतीय दुतावासका काउन्सिलर शर्मा लगायतले भर्चुअल माध्यमबाट मन्तब्य राख्नुभएको थियो।
कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा, भू.पू विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु घनलाल भुसाल, डिलाराम पाण्डे, गुणाखर पाण्डे, भू।पू प्रध्यानाध्यापक राम प्रसाद शर्मा र कृष्ण प्रसाद तिवारी, भू.पू शिक्षक संघका अध्यक्ष बलिराम सापकोटा, शिक्षक संघका अध्यक्ष चुडामणि भुसाल, निवर्तमान अनुगमन उपसमिति संयोजक त्रिलोचन पराजुली, लगायतको भौतिक उपस्थितिमा र अन्य २ सय भन्दा बढि भर्चुअल माध्यमबाट सहभागिता गराई भवनको समुद्धाटन गरिएको छ ।