देवचुली,
देवचुली नगरपालिका वडा नं ७ रामबासमा रहेको भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयको ३४ कोठे भवन समुद्धाटन हुने भएको छ। कार्यक्रमको लागि ९आज० शनिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेको प्रमुख समन्वयमा , देवचुली नगरपालिका वडा नं ७ का वडाध्यक्ष भुपराज पाठक, नेपाल भारत मैत्री भवन संयोजक डिल्लीराम कडरिया, भू.पू विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु घनलाल भुसाल, डिलाराम पाण्डे, गुणखर पाण्डे, भू।पू प्रध्यानाध्यापक राम प्रसाद शर्मा र कृष्ण प्रसाद तिवारी, भू।पू शिक्षक संघका अध्यक्ष बलिराम सापकोटा, शिक्षक संघका अध्यक्ष चुडामणि भुसाल, निवर्तमान अनुगमन उपसमिति संयोजक त्रिलोचन पराजुली, भू।पू सैनिक संघका अध्यक्ष गोपाल देवकोटा र प्यावसन देवचुलीका अध्यक्ष ढाकाराम भट्टराई लगायतको उपस्थितीमा बैठक बसी कार्तिक १७ गते सोमबार दिनको ११ बजे नेपाल भारत मैत्री भवनको समुद्धाटन गरिने निर्णय गरिएको छ । कोभिडको संक्रमण अझै रहिरहेकाले मात्रै २५ जनाको भौतिक उपस्थितिमा र अन्य २ सय भन्दा बढि भर्चुअल माध्यमबाट सहभागिता गराई भवनको समुद्धाटन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले जानकारी दिनुभयो ।
भारत सरकारको सहयोगमा निर्मित ३४ कोठे ३ तले भवन गण्डकी प्रदेशका सांसद रोशन गाहाको प्रमुख आतिथ्तयतामा समुद्धाटन हुने भएको छ । कार्यक्रमलाई जिल्ला समन्वय समिति नवलपुरासी (ब.सु.पू)ले समन्वय गर्ने कार्यक्रममा जानकारि गराइएको छ ।
नेपाल भारत मैत्री भवन निर्माणका लागि वि.सं २०६९ साल पुस १ गते सम्झौता भएको थियो भने वि.सं २०७० साल असार ५ गते शिलान्यास गरिएको र भारत सरकारको कर बाहेक २ करोड ८४ लाख २ हजार ४२ रुपैंयाको लागतमा भवन निर्माण सम्पन्न भएको नेपाल भारत मैत्री भवन संयोजक डिल्लिराम कडरियाले जानकारी दिनुभयो ।
नेपाल भारत मैत्री भवन नाम राखिएको ३४ कोठे भवनबाट हाल पठनपाठन भइरहेको र नयाँ प्रबिधिको प्रयोग गरि उक्त भवनमा आगामी दिनमा डिजिटलाइजलाई प्राथमिकता दिइने भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक नरदेव न्यौपानेले बताउनुभयो ।
कार्यक्रमका दिन भर्चुअल माध्यमबाट भारतीय राजदुतावासबाट भारतीय राजदुत, दुतावासका काउन्सिलर, प्रमुख व्यक्तिसहितको उपस्थितिमा कार्यक्रम सम्पन्न हुने भएको छ ।