राजधानीमा शनिबार आयोजना भएको एघारौं 'डि सिने अवार्ड - २०७६' मा पछिल्लो वर्षको दशैंमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छक्का पञ्जा ३’ ले सर्वाधिक ८ विधामा अवार्ड जितेको छ । उत्कृष्ट फिल्मको अवार्डसहित गायक, गायिका, लोक संगीत, हास्यकलाकार, चरित्र अभिनेत्री, सम्पादन र निर्देशकको अवार्ड यस फिल्मले आफ्नो पोल्टामा पारेको हो । उत्कृष्ट निर्देशकको अवार्ड उचाल्न निर्देशक दीपाश्री निरौला स्टेज चढेकी थिइन् ।
गत वर्षको अन्तिम फिल्म मध्येको एक 'यात्रा' ले पनि क्रिटिक्स अवार्डसहित ६ विधामा अवार्ड जितेको छ । फिल्मले द्वन्द्व निर्देशक, पटकथा, नव-निर्देशक, सह-अभिनेता, अभिनेता, नव-निर्देशकको अवार्ड प्राप्त गरेको हो । डि सिने अवार्डमा 'यात्रा' बाट उत्कृष्ट अभिनेताको अवार्ड सलिनमान बनियाले उचाल्दा फिल्म 'प्रसाद' बाट नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेत्री घोषित भएकी थिइन् ।निकै न्यून संख्यामा कलाकारहरुको उपस्थिति रहेको अवार्ड कार्यक्रममा बरिष्ठ अभिनेता नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड, गायिका देवीका बन्दनालाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान, निर्देशक शोभित बस्नेतलाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान र पत्रकार अनन्त वाग्लेलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको थियो । हरेक वर्षझैँ 'डि सिने अवार्ड' यसपटक पनि विवादबाट टाढा रहने देखिन्न ।
किनकि, पटकथामा अवार्ड नजितेको ‘छक्का पञ्जा ३’ उत्कृष्ट फिल्म घोषित भएको छ । पटकथा भनेको फिल्मको मेरुदण्ड हो । पटकथा नै खराब छ भने अब्बल निर्देशकले समेत राम्रो फिल्म बनाउन सक्दैनन् । तर, डि सिने अवार्डमा पटकथाको अवार्ड फिल्म 'यात्रा' ले उचाल्यो । अनि, उत्कृष्ट फिल्म 'छक्का पञ्जा ३' बन्न सफल भयो । अवार्ड समारोहमा उपस्थिति अधिकांश फिल्मकर्मीले राम्रोलाई भन्दा हाम्रोलाई दिने प्रवृत्तिबाट डि सिने अवार्ड पनि गाँजिएको टिप्पणी गरे । केही विधामा मनलाग्दी रुपमा बाँडिएको अवार्ड देखेर धेरैजसो फिल्मकर्मीहरु आधाआधीमै अवार्ड समारोहबाट बाहिरिएका थिए । अवार्ड आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले भने अवार्ड सधैं विवादित बन्ने गरेको र आफूहरु सधैं कम विवाद होस् भन्ने चाहने बताए ।
अवार्ड विजेताहरुको पूर्ण सूची :-
१. उत्कृष्ट पाश्र्वसंगीत
जैशन कुँवर र प्रवेश मल्लिक - भोर
२. उत्कृष्ट साउण्ड डिजाइन
मुकेश शाह - डमरुको डण्डीवियो
३. उत्कृष्ट गीतकार
राजेश श्रेष्ठ - फूल होइन (रोज)
४. उत्कृष्ट गायिका
विन्दु परियार - पहिलो नम्बरमा (छक्का पञ्जा –३)
५. उत्कृष्ट गायक
डेविड शंकर - पहिलो नम्बरमा (छक्का पञ्जा –३)
६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार
दिपक शर्मा - पहिलो नम्बरमा (छक्का पञ्जा –३)
७. उत्कृष्ट संगीतकार
एलिस कार्की - फूल होइन माया (रोज)
८. उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक
बसन्त श्रेष्ठ - उम्लियो भने (जय भोले)
९. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज - तिम्रो लागि (राम काहानी)
१०. उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल के.सी. - यात्रा : अ म्यूजिकल भ्लग
११. उत्कृष्ट बालकलाकार
एञ्जल राई - हैरान
१२. उत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरे - छक्का पञ्जा –३
१३. उत्कृष्ट खलपात्र
माओत्से गुरुङ्ग - चङ्गा चेट
१४. उत्कृष्ट कथा
दिपेन्द्र लामा - गोपी
१५. उत्कृष्ट पटकथा
यात्रा : अ म्यूजिकल भ्लग - सम्राट शाक्य
१६. उत्कृष्ट संवाद
शुशिल पौड्याल - प्रसाद
१७. नव-नायिका
सुहाना थापा - ए मेरो हजुर –३
१८. उत्कृष्ट नव-नायक
घिरज मगर - इन्टु मिन्टु लण्डनमा
१९. उत्कृष्ट नव-निर्देशक
सम्राट शाक्य - यात्रा : अ म्यूजिकल भ्लग
२०. उत्कृष्ट चरित्र-अभिनेत्री
लक्ष्मी गिरी - छक्का पञ्जा –३
२१. उत्कृष्ट चरित्र-अभिनेता
सरोज खनाल - क्याप्टेन
२२. उत्कृष्ट सह–अभिनेत्री
नम्रता सापकोटा - समर लभ
२३. उत्कृष्ट सह–अभिनेता
सलोन बस्नेत - यात्रा : अ म्यूजिकल भ्लग
२४. उत्कृष्ट छायाँकार
सञ्जय लामा - ए मेरो हजुर –३
२५. उत्कृष्ट सम्पादक
विपिन मल्ल - छक्का पञ्जा –३
२६. उत्कृष्ट अभिनेत्री
नम्रता श्रेष्ठ - प्रसाद
२७. उत्कृष्ट अभिनेता
सलिनमान बनिया - यात्रा : अ म्यूजिकल भ्लग
२८. उत्कृष्ट निर्देशक
दिपाश्री निरौला - छक्का पञ्जा –३
२९. उत्कृष्ट पपुलर चलचित्र
ए मेरो हजुर –३ - सुहाना इन्टरटेनमेन्ट
३०. उत्कृष्ट चलचित्र
छक्का पञ्जा –३ - आमा सरस्वती मुभिज
साभार फिलमी खबर