नेपाल कम्यूनिष्ट पाटी (नेकपा) रुपन्देहीका २ हजार २ स य ४९ जनाले संयुक्त रुपमा राजीनामाको घोषणा गरेका छन् ।
पत्रकार सम्मेलन गरी उनिहरुले प्रदेश राजधानीको बिषयमा नेकपा रुपन्देहीको नेतृत्वमा रहेका नेताहरुले स्पष्ट अडान नलिएको भन्दै राजीनामा दिएको बताएका हुन् ।उनिहरु नेकपा रुपन्देहीका पाटी इन्चार्जको रुपमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेकपा रुपन्देही अध्यक्ष शिवराज सुवेदीप्रति बढी आक्रोशित देखिन्थे । उनिहरुले चुनावको बेला गरेको प्रदेश राजधानीको प्रतिबद्दताबाट पछि हटेको र जनताको साथ रहदारहदै पनि खुट्टा कमाएको आरोप छ ।
कार्यक्रममा बोल्दे रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले चुनावमा दिएको बाचा पुरा नगरेको हुँदा पाटीमा बसिरहनुको उपयुक्त नरहेको बताए । नेकपाका नेताहरुलाई पटक पटक खुट्टा दहे बनाएर उभिनका लागि अनुरोध गर्दा समेत नेताहरुले साथ नदिएको उनको आरोप थियो ।
कार्यक्रमा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, पूर्व अध्यक्ष मोतिलाल पाण्डे, व्यवशायी नारायण घिमीरे, एजाज आलम, माधव नेपाल, होटल तथा रेष्टुरेन्ण्ट व्यवशायी संघका अध्यक्ष समुन्द्र जिसी लगायतले बोलेका थिए ।
जिसीले नामै लिएर नेकपा संसदीय दलका प्रमुख सचेतकलाई स्वार्थमा लागेर जनताको चाहनालाई कुल्चेको आरोप लगाए । सचेतकलाई हाम्रो चेतावनी छ जिसीले भने, उहाँलाई हामी जनताभन्दा दाङ किन प्यारो भयो ?
उनिहरुले रुपन्देहीमा रहेको ३५ वटा सामाजिक संघसंस्थाका २२४९ जना पाटी सदस्यले राजीनामा दिएको जानकारी गराएको छ । त्यसमध्ये कतिपय सदस्यहरु पाटीको जिम्मेवार पदमा समेत रहेका छन् ।
रुपन्देहीका सामाजिक संघ संस्थाको सञ्जालले विगत तीन देखि राजधानी रुपन्देहीमा हुनुपर्ने माग राख्ने आन्दालन गरिरहेको छ ।
मंगलबार पनि उनिहरुले प्रदेश सभा भवन अगाडी धर्नाका कार्यक्रम गरिरहेका छन् ।