डि अार क्षेत्रि ,देवचुलि ,
सफा सुनाैलाे नेपाल काठमाडौकाे संयाेजन तथा भुमिका टेक्निकल सर्भिस देवचुलिकाे प्राविधिक सहयाेगमा जुनियर प्लम्विङ र हाउस वाईरिङ्ग विषयकाे तालिमकाे अाज असाेज १६ गतेका दिन एक कार्यक्रमका विच केउरानिमा समुद्घाटन गरिएको छ । अाफ्नाे स्थापनाकाल देखि नै यश क्षेत्रमा रहेर विगत पाँच वर्षदेखि तालिम प्रदायक संस्थाकाे रुपमा अाफुलाई अव्वल सावित गरिसकेको छ परिचित भुमिका टेक्निकल सर्भिस प्रा लिले । चाईना फाउन्डेसन फर प्राेभटि एलिभेसन , लाेनिया व्रदर एण्ड सिस्टर फाउन्डेसनकाे अार्थिक सहयाेग रहेकाे यश तालिम समुद्घाटन भए पनि तालिम भने नेपाल सरकारले अाैपचारिक रुपमा शैक्षिक संस्था खुल्ला गरेपछि मात्रै हुने जानकारी गराईएकाे थियाे । समाराेहकाे अध्यक्षता देवचुलि नगरपालिका वडा नं ३ का वडा अध्यक्ष गाेपाल राज शर्मा लम्साल रहनुभएकाे थियाे भने प्रमुख अतिथि सफा सुनाैलाे नेपालका संरक्षक तथा महानायक राजेश हमाल हुनुहुन्थ्यो ।
महानायक हमाल संगै संस्थाका महासचिव अशाेक शिंह , काेषाध्यक्ष शुनिला शाह हमाल, सदस्यअास्था शिंह साथै चाईना फाउन्डेसनका कार्यक्रम व्यवस्थापक कवित कुमार नेपालिकाे समेत उपस्थिती रहेकाे थियाे । साथै देवचुलि नगरपालिकाका वडा न० २ र ५का अध्यक्षहरु क्रमश माधव के सि र शिवलाल सापकाेटा समारोहमा उपस्थित हुनुहुन्थ्यो । प्रत्यक तालिममा बीस बीस जना प्रशिक्षार्थीहरु रहने छन दुवै तालिममा २/२ जना थप प्रशिक्षार्थी भुमिका टेक्निकल सर्भिसले थपिदिने उद्धाेष गरेकाे छ। प्रशिक्षार्थीहरुले दैनिक खाजा तथा प्रशिक्षण पश्चात् तीन हजार रुपैया वरावरकाे अाैजार पाउनेछन् ।
प्रशिक्षार्थीहरु सिटिईभिटि वाट लिईने परिक्षणमा समेत शहभागिता जनाउनेछन् । समाराेहमा वाेल्ने वक्ताहरुले महानायक हमालका भाइ स्वर्गीय राकेश हमालले यश क्षेत्रमा पुर्याउनुभएकाे याेगदानकाे चर्चा गरेका थिए । अपांगता भएका मानिसहरुलाई ह्विल चियर , ट्राई साईकल , गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि हस्तान्तरण , काेराेनाका कारण अाफ्नाे राेजगार गुमाएकाहरुलाई शिपमुलक प्रशिक्षण दिने गरेकाे सफा सुनाैलाे नेपाल संस्थाका महासचिव अशाेक शींहले जानकारी गराउनुभएकाे थियाे ।
प्रमुख अतिथि महानायक हमालले स्वर्गीय भाईकाे सपनालाई साकार पार्न याे तालिम लिनेहरु लगनशिल भएर लाग्नुपर्नेमा जाेड दिनुभएको थियाे । यश क्षेत्रमा वाल्यकाल विताएकाे स्मरण गर्दै हमालले यस क्षेत्रकाे विकास निर्माणमा हातेमालो गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियाे । समारोहमा स्वागत मन्तव्यका क्रममा अाफुहरु निकै हर्षित भएकाे र अागामि दिनमा समेत सहकार्य गर्न अाफुहरु तयार रहेकाे कुरा भुमिका टेक्निकल सर्भिसका सञ्चालक दिपा देवकाेटाले जनाउनुभयकाे थियाे ।