देवचुली,
लुथरन वल्र्ड रिलिफ र सहमति गैंडाकोटको तर्फबाट नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको जिल्लाकै एकमात्र कोभिड अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालयलाई इमरजेन्सी कक्षका लागि आवश्यक ७ थान अस्पताल बेड, अक्सिजन सिलिण्डर र अक्सिजन कनेक्सन सेट सहयोग गरेको छ । बुधबार सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य सामाग्री सहमति गैंडाकोटका अध्यक्ष करुणसागर सुवेदीले सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्री रहनुभएको थियो भने प्रमुख आतिथ्तयता प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएकी प्रमुख जिल्ला अधिकारी पंगेनीले देवचुलीमा अविस्थित अस्पताल, सम्पूर्ण नवलपुरको अस्पताल, गण्डकी प्रदेशको अस्पताल र नेपालकै नमुनाको रुपमा चिनिन सफल भएको सामुदायिक प्राकृतिक चिकित्सालयलाई सकारात्मक सोच र आत्मविश्वासका साथ निरन्तर अगाडि बढ्नका लागि शुभकामना दिनुभएको थियो । अस्पतालले उपचाररत संक्रमितलाई जिवनशैली जिउन मद्दत पु¥याएको बताउनुभएको छ । उहाँले आगामी दिनमा आवश्यक पर्ने इमरजेन्सी कक्षका लागि अस्पताल बेड, अक्सिजन सिलिण्डर र अक्सिजन कनेक्सन सेट सहयोग गरेकोमा संस्थालाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरकी उपप्रमुख शारदा विश्वकर्माले नवलपुरका संक्रमित व्यक्तिहरुलाई अस्पतालले जोखिम मोलेर, घरपरिवारलाई त्यागेर संक्रमितलाई निको बनाएर घर फर्काएकोमा खुशी व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले प्राकृतिक चिकित्सालयको प्रशंसा गर्दै देवचुलीकै गहनाका रुपमा रहेको बताउँदै आगामी दिनमा देवचुली नगरपालिका सधै साथ रहने बताउनुभएको थियो ।
यस्तै कार्यक्रमको समापन गर्दै सहमति गैंडाकोटका अध्यक्ष करुणसागर सुवेदीले संक्रमितको संख्या जिल्लामा दिनानुदिन बढिरहेकाले अस्पतालमा इमरजेन्सी अस्पतालको आवश्यक पर्न सक्ने भएकाले लुथरन वल्र्ड रिलिफ र सहमति गैंडाकोटको तर्फबाट स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनुभयो । कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले संक्रमितको संख्या बढेसँगै अस्पताललै इमरजेन्सी सामग्रीको आवश्यक रहेको थियो संस्थाले गरेको सहयोगले उपचारमा निकै ठुलो सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले आइसोलेसनमा रहेका विरामीलाई कुनै पनि परिस्थितीमा समस्या भोग्नु नपरोस भन्दै अस्पताल निरन्तर सेवामा लागिरहेको बताउँदै संस्थाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले संक्रमितको उपचारमा ठूलो मद्दत मिल्ने बताउनुभयो ।
कार्यक्रममा सहयोग गर्ने लुथरन वल्र्ड रिलिफ र सहमति गैंडाकोटलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटा, सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्री, देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशरबहादुर क्षेत्री, सहमति संस्थाका पूर्व अध्यक्ष भिमप्रसाद शर्मा, सहमतिका पूर्व अध्यक्षहरु होमनाथ सुवेदी, रत्न प्रसाद सापकोटा, कोषाध्यक्ष वेदप्रसाद पौडेल, कार्यसमिति सदस्य दयासागर सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो ।