देवचुली,
देवचुली नगरपालिका वडा नं १३ को आयोजनामा ७ टोलका ७ सय ६ जना स्थानीय कृषक उपभोक्ताहरुलाई हिउँदे तरकारी विउविजन वितरण गरिएको छ । सोमबार देवचुलीको कुमारवर्ती मन्दिरको सभाहलमा वडामा भएका टोलसुधार समिति संयोजक, सचिव, कृषक समूहका उपभोक्ताहरुलाई विउविजन वितरण गरिएको हो ।
वडाका हरेक घरमा अर्गानिक तरकारी उत्पादन बृद्धि गर्नाका लागि सानो रकमको विउविजन वितरण गरिएको कार्यक्रमको अध्यक्षता रहनुभएका देवचुली नगरपालिकाका प्रभक्ता एवंंम वडा नं १३ का वडाध्यक्ष क्यापटेन डिल बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले अहिलेको कोरोनाको समयमा धेरै व्यक्ति बेरोजगारी रहेकाले आनै घरमा तरकारी लगाएर पनि समयको सदुपयोग गर्न सकिने बताउँदै आनै करेसारबारीमा तरकारी फलाएर निरोगी र स्वास्थ्य रहन समेत आग्रह गर्नुभएको थियो । अघिल्ला बर्षहरुमा उपभोक्ताहरुलाई बाढिएको तरकारीको विउ प्रभावकारी रहेकाले यस बर्ष पनि हिउँदे तरकारी विउविजन वितरण गरिएको जानकारी दिनुभयो ।
यस्तै कार्यक्रममा देवचुली नगरपालिका कृषि शाखाद्वारा वडा नं १३ मा रहेका ४ सामुहिक तरकारी नर्सरी समुहलाई समेत केही औजार र विउ वितरण गरिएको छ । नव जागृती कृषक समुह, श्रृजना सिर्जनसिल कृषक समुह, शान्ति दिप सिर्जनसिल कृषक समुह, नव विहानी कृषक समुह गरि ४ समुहलाई काउली, बन्दा, टमाटर, खुर्सानी, भेन्टा, प्लास्टिक, डोरी, हजारी वितरण गरिएको देवचुली नगरपालिका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँले अन्य देश सँग निर्भरता नभई आनै देशमा कसरी तरकारी उत्पादन गर्न सकिन्छ भन्ने तर्फ सोच्न सके एकदिन कृषिमा समृद्ध हुन सक्ने बताउनुभएको छ । विउको उचित तरिकाले उपयोग गर्न सके कृषिमा आत्मनिर्भर बन्न सकिने भण्डारीले बताउनुभयो
वडाबाट यसरी बेलाबेलामा विउविजन वितरण गर्दा कृषकहरुले पनि आफनै घरमा तरकारी लगाएर खानुपर्छ भन्ने सोच आउने बताउँदै वडालाई धन्यवाद व्यक्त गरेका थिए । विउमा काउली, बन्दा, धनिया, मुला, साग, मटर, सिमी लगायतका हिउँदे तरकारी वितरण गरिएको कार्यपालिका सदस्य सुवोचन्द्र सुवेदीले बताउनुभयो । कार्यक्रममा देवचुली नगरपालिकाका प्रभक्ता एवम वडा नं १३ का वडा अध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीको अध्यक्षता रहेको थियो भने देवचुली नगरपालिका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारी, वडा सचिव चित्र बहादुर खत्री, कार्यपालिका सदस्य सुवोचन्द्र सुवेदी, वडा सदस्य लालीमाया सुनार, ओम नारायण महतो, जग बहादुर बोटे लगायतको उपस्थिती रहेका थियो ।