आज विश्व रेबिज विरुद्धको दिवस "रेबिज अन्त्यको लागि सहकार्य र खोप" भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ ।
रेबिज उन्मूलन गर्न खोप र जनचेतना नै महत्वपूर्ण रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । रेबिज रोगबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यले दिवस मनाउने गरिन्छ ।
रेबिज सङ्क्रमित जनावरले टोक्दा र्यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुनिने, पानी देखि डराउने लगायतका लक्षण देखिन्छ ।
घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुनपानीले धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिजविरुद्धको खोप लगाउन पनि महाशाखाले अनुरोध गरेको छ । रेबिज विरुद्धको खोप निःशुल्क पाइन्छ ।
रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लुइस पास्टरको निधन भएको दिनको सम्झनामा हरेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाउने गरिन्छ । रेबिजका कारण विश्वमा वर्षेनी झण्डै ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।
रेबिजका कारण ज्यान गुमाउनेमा आधाभन्दा बढी बालबालिका छन् । विश्वमा हुने रेबिजको समस्यामध्ये ९५ प्रतिशत एसिया र अफ्रिकामा हुने गरेको छ ।
कसरी बच्ने उपायहरु-
विशेषज्ञहरुका अनुसार रेबिजबाट बच्न यो रोग लागेको कुकुरका लक्षणहरू पहिचान गर्नुपर्छ र निम्न कुरामा विशेष ध्यान दिनुपर्छ ।
कुकुरलाई कहिल्यै जिस्क्याउनु हुँदैन । उसले खाना खाइरहेको र बच्चालाई दूध चुसाइरहेको बेला दख्खल पुर्याउनु हुँदैन ।
. कुकुरको नजिकै दौडेर हिंड्नु हुँदैन, त्यति बेला उसले झम्टन सक्छ ।
कुकुरसँग कहिल्यै आँखा जुधाउनु हुँदैन ।
. अनजान कुकुर नजिकै आएमा नआत्तीकन अडिक भएर उभिएर बिस्तारै उल्टो दिशामा र्फकनुपर्छ ।
कुनै कुकुरले सुँघ्न आउँछ भने सुँघ्न दिनुपर्छ ।
. कथम् कदाचित कुकुरले झम्ट्यो भने आफ्नो अनुहार प्राथमिकतासाथ बचाउनुपर्छ ।
कुकुरले टोकेमा गर्नुपर्ने उपचार
. टोकेको ठाउँलाई राम्रोसँग साबुन पानीले १५ मिनेटसम्म सफासँग धोई प्राथमिक उपचारका लागि नजिकको अस्पताल जानुपर्छ ।
. कुकुरको दैनिक निगरानी राख्ने र कुकुर १० दिनमा मर्छ या मर्दैन त्यो निक्र्योल गर्ने । १० दिनमा कुकुर मरेमा त्यो रेबिज नै हो ।
. कुकुरलाई रेबिजविरुद्ध खोप लगाइएको थियो वा थिएन, त्यो पत्ता लगाउनुपर्छ ।
. कुकुर बहुलाएर हो वा जिस्काउँदा या अन्य केही कारणले टोकेको हो त्यो नोट गर्नुपर्छ ।
. रेबिज रोगलाई निर्मूल पार्न सम्पूर्ण कुकुरलाई एन्टिरेबिज खोप लगाउनुपर्छ । घरपालुवा कुकुरलाई त अनिवार्य खोप लगाउनुपर्छ र छाडा छोडिएकाहरूलाई पनि खोप लगाउने भूमिका राज्यले गर्नुपर्छ । राज्यले र स्थानीय निकायले पोथी कुकुरको बन्ध्याकरण पनि गर्न सकिन्छ । जसरी हुन्छ मुख्य उद्देश्य भनेको अनियन्त्रित कुकुरको संख्या घटाउनु नै हो ।