देवचुली,
एकाबिहानै देवचुली नगरपालिकामा ३४ जनामा काेराेना भाईरस संक्रमण पुष्टि भएकाे छ । बुधबार देवचुली नगरपालिकाका १ सय १९ जनाकाे स्वाब संकलन मध्ये एकैपटक ३४ जनाकाे पाेजेटिभ अाएकाे छ भने अन्यकाे रिपोर्ट नेगेटिभ अाएकाे हाे । संक्रमीत मध्ये ६ जना देवचुली नगरपालिकाका र २८ जना कन्ट्याक्ट् ट्रेसिङ्ग र लक्ष्यण देखिएका हुन् ।
संक्रमित व्यक्ति देबचुली नगरपालिका वडा नं १ का ५५ बर्षीय पुरुष, वडा नं ४ का ४० बर्षीय पुरुष, वडा नं ७ का ३६ बर्षीय महिला र ३८, ४०, ४६ बर्षीय ३ जना पुरुष, वडा नं वडा नं ८ का ३०, ३८, ३८, २६, ४७, ३९,४२, ४०, ३२, २६, ३९ बर्षीय ११ जना पुरुष , वडा नं ९ का ३६, ६५, ४९, ३० गरि ४ जना पुरुष, वडा नं वडम नं १० का ३० बर्षीय महिला, वडा नं ११ का ३५ बर्षीय महिला र ३७ बर्षीय पुरुष, वडा नं १२ का ४१, ४८ बर्षीय पुरुष र वडा नं १४ का ३६, ६, १५, ४० बर्षीय महिला र ३४, ३७, ४४, ५२ पुरुष रहेका छन् । संक्रमण पुष्टि हुनेमा ७ जना महिला र २७ जना पुरुष रहेकाे देवचुली नगरपालिका स्वास्थ शाखाले जनाएकाे छ । याे सँगै देवचुली नगरपालिकामा काेराेना संक्रमितकाे संख्या १ सय ८ पुगेको छ भने मृत्यु हुनेको संख्या १ रहेकाे छ ।