तीन सातादेखिको निषेधाज्ञा केही खुकुलो भएसँगै काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि चहलपहल बढेको छ। निषेधाज्ञा बिहीबारबाट केही खुकुलो भएपछि चहलपहल हिजोअस्तीको तुलनामा निकै बढेको हो ।
व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा सञ्चालन भएका छन् ।
सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र कुल सिट संख्याको आधामा मात्र यात्रुलाई चडाउन दिइने छ।
तर, मालवाहक सबारी साधनमा भने जोरबिजोर लागू नहुने उनको भनाई छ।
यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरु, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खुल्न पाउने छन् ।
सवारी साधन मर्मत सम्बन्धी वर्कसपहरु बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाउने छन्।
यसैगरी सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खुल्न पाउने छन् । यसैगरि भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ।