देवचुली,
देवचुली नगरपालिकामा जेठ ७ र ८ गते आएको भिषण हावाहुरीले देवचुलीका विभिन्न वडामा क्षति पु¥याएको थियो । उतm क्षेति प्रश्चात नगरपालिकाले मेयर राहत कोषको स्थापना गरेको थियो । सो राहत कोषमा विभिन्न संघसंस्था, व्यतिmले सहयोग गर्नुभएको रकम (आज) सोमबार देवचुली नगरपालिकाको वडा कार्यालय रामबासमा हुरी पिडितलाई कुल रकमको ४० प्रतिशत हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले गर्नुभएको थियो भने बिशेष अतिथीका रुपमा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी रहनु भएको थियो ।
यस्तै कार्यक्रममा देवचुली ६ का वडा अध्यक्ष मिन बहादुर सोती मगर, वडा नं ७ का वडा अध्यक्ष भूपराज पाठक, वडा नं ८ का वडा अध्यक्ष चन्द्र बहादुर सिंजाली लगायत वडा समिति, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोतm समितिका अध्यक्ष खिमानन्द भुसाल, वडा सदस्यहरु र वडाबासीहरुको उपस्थितिमा कार्र्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा हावाहुरी पिडितका लागि नवलपुर समाज (एन.आर.एन) मार्फत अमेरिका र क्यानडा बस्ने ५८ जना नेपाली दाजुभाई तथा दिदीबहिनीले अमेरिकी डलर ४ हजार २ सय ७६ सहयोग गर्नुभएको थियो । विदेश मा रकम उठाउन गारो हुने भएता पनि १५ दिन सम्म निरन्तर खटेर स्वदेशमा भएको दुखमा मलम लगाउने उधेस्यले बिशेष गरि नवलपुर देवचुलीबाट अमेरिका आइ बसोबास गरेका नेपालीहरुको नेतृत्व गर्दै उमापति भुसाल , अर्जुन सिग्देल , रामु बस्याल , कमल भुसाल , लाल काफ्ले लगायतका समाजसेवीहरुको बिशेस पहलकदमीमा ने रु ४ लाख , ४९ हजार , १६ रुपैया उठाई सहयोग गरिएको अमेरिका बाट उमापति भुसालले जानकारी दिनु भयो।
कार्यक्रममा बोल्दै नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद दिदैँ सहयागी रकम तल माथी नभई पिडितहरुलाई नै वितरण गरिएको र आगामी दिनमा पनि नगरपालिकाले गर्नुपर्ने काम सधै यसरी नै गर्ने बताउनुभयो । पिडितहरुको क्षतिको विवरण अनुसार रकम छु्ट्याई हस्तान्तरण गरिएको थियो । क्षति हुनेमा वडा नं ६ का २७ घर, वडा नं ७ का १२६ घर , वडा नं ८ का ३७ घरलाई नगद वितरण गरिएको छ । कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसालले गर्नुभएको थियो ।