चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि एक सय शैय्या थप गरिएको छ । अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले आइतबारदेखि संचालन हुने गरि एक सय बेड थप गरिएको जानकारी दिए ।हाल अस्पतालमा आइसीयूसहितको ७५ बेडको कोभिड आइसोलेसन रहेको छ । नयाँ शैय्या थपिएसंगै कोरोना संक्रमितका लागि कुल १७५ बेड पुगेका छ । जसमा अबदेखि आइसीयूमा १६ बेड रहने छ ।