देवचुली,
नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा प्राकृतिक चिकित्सा विधिबाट कोरोना संक्रमितको उपचार गरिदै आएको छ । नेपालकै उत्कृष्ट आइसोलेसनका रुपमा चिनिने सामुदायिक प्राकृतिक चिकित्सालय जिल्लाकै एक मात्र अस्थाई कोभिड अस्पतालको रुपमा सेवारत रहेको छ । हाल सम्म चिकित्सालयमा ३ सय ४९ जना कोरोना संक्रमितको उपचार गराईएको अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिनुभयो । जसमा ३ सय ६ जना पुरुष र ४३ जना महिला रहेका छन् । चिकित्सालयमा रहेका ३ सय ४६ जना कोरोना संक्रमित मध्ये ३ सय २१ जना भने डिस्चार्ज भएको अस्पतालले जनाएको छ । जसमा २ सय ८४ जना पुरुष र ३७ जना महिला रहेका छन् । अब अस्पतालमा उपचारका लागि जम्मा २२ जना संक्रिय संक्रमित रहेका छन् जसमा १९ जना पुरुष र ३ जना महिला रहेका छन् ।
कोरोना संक्रमित कुन–कुन पालिकाबाट ?
.देवचुली नगरपालिका
हाल सम्म देवचुली नगरपालिकाका २७ जना कोरोना संक्रमित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारत रहेका थिए । जसमा १९ पुरुष र ७ महिला रहेका थिए । उनीहरु मध्ये निको भएर घर फर्किनेको संख्या भने २५ रहेको छ जसमा १८ पुरुष र ७ महिला रहेका थिए । यो सँगै हाल उपचारका लागि भने चिकित्सालयमा १ जना पुरुष मात्र रहेका छन् ।
.गैडाकोट नगरपालिका
गैडाकोट नगरपालिकाका ६१ जना कोरोना संक्रमित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारत रहेका थिए । जसमा ४६ पुरुष र १५ महिला रहेका थिए । उनीहरु मध्ये निको भएर घर फर्किनेको संख्या भने ५४ रहेको छ जसमा ४२ पुरुष र १२ महिला रहेका थिए । यो सँगै हाल उपचारका लागि गैडाकोट नगरपालिकाका ४ पुरुष र ३ महिला गरि ७ जना रहेका छन् ।
.मध्यविन्दु नगरपालिका
मध्यविन्दु नगरपालिकाका ५५ जना कोरोना संक्रमित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारत रहेका थिए । जसमा ५० पुरुष र ५ महिला रहेका थिए । उनीहरु मध्ये निको भएर घर फर्किनेको संख्या भने ५४ रहेको छ जसमा ४९ पुरुष र ५ महिला रहेका थिए । यो सँगै हाल उपचारका लागि १ जना पुरुष रहेका छन् ।
.विनयीत्रिवेणी गाउँपालिका
विनयीत्रिवेणी गाउँपालिकाका २७ जना कोरोना संक्रमित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारत रहेका थिए । जसमा २३ पुरुष र ३ महिला रहेका थिए । उनीहरु मध्ये निको भएर घर फर्किनेको संख्या भने २० रहेको छ जसमा १८ पुरुष र २ महिला रहेका थिए । यो सँगै हाल उपचारका लागि ४ पुरुष र १ महिला गरि ५ जना रहेका छन् ।
.कावासोती नगरपालिका
कावासोती नगरपालिकामा ६१ जना कोरोना संक्रमित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारत रहेका थिए । जसमा ५० पुरुष र ११ महिला रहेका थिए । उनीहरु मध्ये निको भएर घर फर्किनेको संख्या भने ५० रहेको छ जसमा ४१ पुरुष र ९ महिला रहेका थिए । यो सँगै हाल उपचारका ८ पुरुष र १ गरि ९ महिला रहेका छन् ।
.हुप्सेकोट गाउँपालिका
हुप्सेकोट गाउँपालिकाका ४२ जना कोरोना संक्रमित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारत रहेका थिए । जसमा ४२ पुरुष रहेका थिए । उनीहरु मध्ये निको भएर घर फर्किनेको संख्या भने ४१ रहेको छ जसमा ४१ नै पुरुष रहेका थिए । अहिले हुप्सेकोटमा संक्रमितको संख्या शुन्य रहेको छ ।
.बौदीकाली गाउँपालिका
बौदीकाली गाउँपालिकाका ३८ जना कोरोना संक्रमित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारत रहेका थिए । जसमा ३७ पुरुष र १ महिला रहेका थिए । उनीहरु मध्ये निको भएर घर फर्किनेको संख्या भने ३७ रहेको छ जसमा ३६ पुरुष र १ महिला रहेका थिए । यो सँगै हाल उपचारका लागि १ पुरुष मात्रै रहेका छन् ।
.बुलिङटार गाउँपालिका
बुलिङटार गाउँपालिकाका३८ जना कोरोना संक्रमित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारत रहेका थिए । जसमा ३७ पुरुष र १ महिला रहेका थिए । उनीहरु मध्ये निको भएर घर फर्किनेको संख्या भने ३८ रहेको छ जसमा ३७ पुरुष र १ महिला रहेका थिए । हाल बुलिङटारका चिकित्सालयमा कोही संक्रमित रहेका छैन्न ।
.देवघाट गाउँपालिका तनँहु
देवघाट गाउँपालिका तनँहुका १ जना कोरोना संक्रमित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारत रहेका थिए । जसमा १ पुरुष मात्रै रहेका थिए । उनी निको भएर घर फर्किसकेका छन् ।
.धनुषा जिल्ला
धनुषा जिल्लाका १ जना कोरोना संक्रमित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारत रहेका थिए । जसमा १ पुरुष मात्रै रहेका थिए । उनी निको भएर घर फर्किसकेका छन् ।