देवचुली,
देवचुली नगरपालिकामा आफ्नो सत्र महिने कार्यकाल पूरा गरि छिमेकी गैंडाकोट नगरपालिकामा सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले देवचुली नगरपालिका रहँदा केही महत्वपूर्ण कार्यसम्पादन गर्नुभएको छ । भुसालले देवचुली नगरपालिकाको बिकास र समृद्धिका लागी आफ्नो कार्यकालमा थुप्रै उदाहरणीय कार्य गर्नुभएको थियो। २०७५ चैत्र ३ गते देखि देवचुली नगरपालिकाको कार्यभार सम्हाली २०७७ श्रावण ३० गते सम्मको १७ महिने कार्यकालमा भुसालले गर्नुभएका महत्वपूर्ण कार्यहरुमध्ये यहाँ सत्र वटा मुख्य कामको चर्चा गरिएको छ।
१.कोभिड-१९ को ब्यवस्थापन
नेपालमा कोरोना भाईरसको संक्रमण सुरु हुन थाले देखि नै प्रमुख प्रशासकीय अधिकृत भुसालले हरेक क्षेत्रका कर्मचारी र स्थानिय संघ९संस्थालाई क्रियाशील बनाउन मुख्य भुमिका खेल्नु भयो। उहाँले देवचुली९१२ का पहिलो संक्रमित पुष्टि भए देखि नै नगरपालिकाको स्वास्थ्य संवेदनशीलतालाई उच्च प्राथमिकतामा राख्नुभयो।
२.कोरोना अस्थाई अस्पताल सञ्चालन
नवलपुर जिल्लामा कोरोना संक्रमित देखिन थालेपछी नवलपुर जिल्लाका सबै स्थानिय तह र जिल्ला विपत ब्यवस्थापन समितिको सक्रियतामा रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई अस्थाई कोरोना अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरियो। अस्थाई अस्पताल सञ्चालनको ब्यवस्थापकिय जिम्मेवारी भुसालले गम्भिरतापूर्वक बहन गर्नुभयो।
३.क्वारेन्टिन व्यवस्थापन
कोरोना संक्रमणको समयमा भारत र विदेशबाट आएका व्यक्तीहरुको व्यवस्थापनमा भुसालको योगदान नतुलनिय रह्यो। सामुदायिक विद्यालय मात्रै नभई संस्थागत विद्यालयमा पनि उनिहरुको व्यवस्थापन गरि कोरोना नियन्त्रणमा उल्लेख्य भूमिका रह्यो।
४.फुड बैंक मार्फत राहत संकलन
नेपालमा कोरोना संक्रमणका कारण २०७६ चैत ११ गतेबाट लकडाउन सुरु भएपछि त्यसको केही समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने व्यक्तिहरुलाई दैनिकी धान्न धौ–धौ भयो । निम्न वर्गीय व्यक्तिहरुको चुल्हो ननिभोस भन्नको लागि देवचुली नगरपालिकामा खाद्य बैंकको अवधारण ल्याई खाद्य संकलन गर्न प्रमुख प्रशासकीय अधिकृत भुसालको महत्वपूर्ण भुमिका रह्यो ।
५. राहत वितरण
देवचुली नगरपालिकामा फुड बैंक मार्फत संकलन गरिएको खाद्य सामग्री समानुपातिक र निस्वार्थ रुपले वितरण गर्नका लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले यथेष्ट भुमिका खेलेका थिए । राहत वितरणमा एकरुपताका लागि भुसालले निष्पक्ष सहजीकरण गरेका थिए ।
६. वडा कार्यालयबाट कार्य सम्पादन
प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालको १७ महिने कार्यकालको एक महत्वपूर्ण कार्य हो–वडा कार्यालयबाट कार्य सम्पादन । नगरपालिकाको ५ स्थानबाट १७ वटा कार्यालयको कार्य सम्पादन हुने गरेकोमा भुसालकै कार्यकालमा लगभग सबै वडाहरुले आनै वडाबाट कार्य सम्पादन गर्न सफल भए ।
७. नैतिक शिक्षाको अध्यापन
देवचुली नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा नैतिक शिक्षाको अध्यापन गराउन सुरुवात गर्ने पहलकदमी अधिकृत भुसालले नै लिएका थिए । देवचुली नगरपालिकामा नैतिक शिक्षाको अध्यापन गराउन थालेको एक बर्ष पछि मात्रै नेपाल सरकारले नैतिक शिक्षालाई पाठ्यक्रममा समाबेश गरेको थियो ।
८.सामाजिक शिक्षा नेपालीमा अध्यापन
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा सामाजिक चेतनामा ह्रास आएको सन्दर्भमा देवचुली नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सामाजिक शिक्षा नेपालीमा अध्यापन गराउन हुन अधिकृत भुसालले महत्वपूर्ण खेले ।
९. नगर प्रोफाइल निर्माण
देवचुली नगरपालिकाको आर्थिक, भौगोलिक सांस्कृतिक विशेषता समेटी नगर भित्रका सम्पुर्ण तथ्यांकहरुको नगर पुस्तिका प्रकाशन गरि नगर क्षेत्रका सम्पुर्र्ण जानकारी आम जनमानसमा पु¥याउन निर्माण गरिएको नगर प्रोफाईल अधिकृत भुसालको कार्यकालको एक सशक्त दस्ताबेज हो ।
१०.नागरिक शिक्षा पुस्तक प्रकाशन
नगरपालिका भित्रका नगरवासीहरुले अधिकार प्राप्तीका लागि आवाज उठाईरहँदा नागरिकले पालना गर्नुपर्ने कर्तव्यहरु पनि रहेकाले देवचुली नगरपालिकाका नागरिकहरुका लागि नागरिक शिक्षा पुस्तक प्रकाशन गरि नगरवासीहरु समक्ष पु¥याउनु १७ महिने कार्यकालको मुख्य कार्यहरु मध्येको एक हो ।
११. नागरिक सहायता कक्षको स्थापना
देवचुली नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुलाई निवेदन लेख्न सम्बन्धीत व्यक्ति भेट्न र अन्य असुविधाहरुको गुनासो आएपछि नागरिकको सुविधाका लागि देवचुली नगरपालिकाको कार्यालय भित्रै नागरिक सहायता कक्षको स्थापना अधिकृत भुसालकै कार्यकालमा सुरु गरिएको थियो ।
१२. देवचुली पर्यटन पदमार्ग विस्तार
देवचुली नगरपालिकाको मात्रै नभई समग्र नवलपुर जिल्लाको पर्यटकीय सम्भावना बोकेको देवचुली डाँडाको प्रचार प्रसार, पूर्वाधार निर्माण गरि सहज रुपमा देवचुलीको डाँडाको चुचुरोमा पुग्न पर्यटन पदमार्ग विस्तार गर्न प्रमुख प्रशासकीय अधिकृत भुसालले पहल गरे ।
१३.देवचुली डाँडामा लिटबाट खानेपानी
देवचुली डाँडामा पुग्ने जो कोही पर्यटकले पनि पानीको समस्या रहेको गुनासो गर्छन । डाँडाको मनमोहकता जति सुन्दर छ, पानीको समस्याले त्यहाँ पुग्न त्यति नै कष्टकर छ । तर अघिल्लो बर्ष डाँडामा लिटबाट खानेपानी पु¥याउन पाइपलाईन विस्तार, सोलार प्यानल जडान र हिलटेक ट्याड्ढी जडानको काम सम्पन्न भईसकेको छ । अब मोटर राखेपछि देवचुली डाँडामा खानेपानीको समस्या समाधान हुनेछ । यो कार्य अधिकृत भुसालको महत्वकांक्षी कार्य मध्येको एक हो जुन सम्पन्न हुने अवस्थामा रहेको छ ।
१४. सार्वजनिक जग्गामा सामुहिक बेसार खेती
नेपालभरि सार्वजनिक जग्गाको संरक्षणको चर्चा चलिरहँदा देवचुली नगरपालिकामा भने सार्वजनिक जग्गा संरक्षणका लागि अधिकृत भुसालको पहलमा सामुहिक बेसार खेती सुरु गरिएको छ । भुसाल आँफैमा कृषक भएकाले कृषि क्षेत्रमा उनको खास लगाव छ ।
१५. गरिबको लागि सुरक्षित आवास निर्माण
देवचुली नगरपालिकामा रहेका विपन्न र गरिब जनसमुदायलाई सुरक्षित आवास निर्माण गरि गरिबी न्युनिकरणमा अधिकृत भुसालले उल्लेख्य भुमिका खेल्नुभएको छ ।
१६. बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता
देवचुली नगरपालिकाको दुईवटा बजेट निर्माण गर्नुभएका प्रमुख प्रशासकीय अधिकृत भुसालले आर्थिक बर्ष २०७६–७७ मा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता दिई बजेट निर्माण गर्नुभएको छ । कोरोना भाइरसका कारणले शिक्षा स्वास्थ्य र कृषिमा बढी महत्व दिईएको भुसालको भनाई छ ।
१७. देवचुली फस्ट
देवचुली नगरपालिका गण्डकी प्रदेशको पहिलो बालमैत्री नगरपालिका र नेपालकै पहिलो बालमैत्री गाविस साविक प्रगतिनगर गाविस भएको नगरपालिका भएकाले पनि देवचुली नगरपालिका हरेक कुरामा पहिलो हुनुपर्ने र अन्य ठाँउका व्यक्ती र संस्थाहरुले देवचुलीबाट सिक्नुपर्ने भन्दै अधिकृत भुसालले “देवचुली फस्ट” को अवधारण ल्याउनुभएको थियो । भुसालको यो अवधारणा देवचुली नगरपालिकाका हरेक व्यक्तिले अनुसरण गर्नुपर्ने आजको आवश्यकता हो ।