देवचुली,
हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन अब एक साता पनि छैन् । यो बेला नारीहरु तीजको लागि भनेर किनमेलमा व्यस्त देखिन्थे भने कोही माईत जाने चटारोमा हुन्थे । तर यसपालिको तीज भने सबैलाई नुन हाल्न बिर्सीएको तरकारी जस्तो भएको छ । कोरोना कहरले यतिबेला तीजलाई खल्लो बनाएको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सन्त्रास भने अझै पनि कायम नै रहेको छ । सरकारी कार्यालय होस या निजी व्यापार, व्यवसाय, विद्यालयहरुमा यसले करिब ४ महिना भन्दा बढि समय देखि ठुलो असर पु¥याई रहेको छ । कोरोनाको कहर अब केही कम हुन्छ कि भन्ने बेलामा दिन प्रति दिन संक्रमण बढने क्रम भने जारी रहेको छ । कोरोना भाइरस संक्रमणले सामाजिक क्षेत्रमा पनि निकै ठुलो असर परेको छ । समाजमा रहेका सांस्कृतिक परम्परागत कुरामा पनि यसको असर परिरहेको हामी सबैले प्रत्यक्ष महसुस गर्न सकिन्छ । जसअन्तर्गत नजिकिदै गरेको हरितालिका तिजको रौनक सदाका वर्षमा जस्तै देखिएको छैन् ।
सरकारले सामाजिक दुरी कायम गर्दा कोरोनाबाट बच्न सकिने भन्दै नियम पालन गर्न समेत आग्रह गर्दै आएको छ । नेपाल सरकारले जुन पालिकामा संक्रमण थपिन्छ त्यस पालिकामा सिल, निषेधाज्ञा गर्न समेत स्थानीय पालिकाहरुलाई निर्देशन गरेको छ ।
तीजको बेला रमाईलो गर्नु त परै जाओस्, माईत गएर आनो आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुसँग समेत भेटघाट गर्न नपाउँदा निकै दुःख लागेको देवचुलीकी कृष्ण अधिकारीले गुनासो गर्नुभयो । उहाँले अन्य समयमा भन्दा चाडपर्व, अझै त्यसमा पनि तिजको बेला माईती घरको साह्रै याद आएको भन्दै गित मार्फत सम्झनु भएको थियो ।
“हे रमाएर हुर्कीएको चौतारीमा बसौला,
माईती देशमा यो मनको परि पोखौला”
कृष्ण अधिकारी:दलदले
उहाँको आनै सिलाई कटाई व्यवसाय कृष्ण बुटिक एण्ड टेलरिड्ड समेत रहेको छ । हरेक बर्ष तिज आउन भन्दा केहि महिना पहिले देखि भिडभाड हुने पसल यसपालि कोरोनाको कारणले चहलपहल नरहेको बताउनुभयो ।
तिज आयो भन्ने वितिकै कति महिला दिदीबहिनीहरु रातो साडी, गहनामा सजिएर हिडेको देखिन्थ्यो । यसपालि कोरोनाका कारण सुनसान रहेको दलदलेकी सुमि आलेले बताउनुभयो । उहाँले सम्पुर्णलाई यो समय सुरक्षित रहन आग्रह गर्दै तिजको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सुमि आले :दलदले
यस्तै मनकामना कपडा पसल दलदलेकी मनु गौतमले तिज आउन थाले सँगै ४ जना स्टाफले काम गर्न समेत भ्याईनभ्याई हुने गरेकोमा यसपालि कोरोनाका कारण बजार नै सुनसान भएको बताउनुभयो । उहाँले कोरोना कहर त्यसै माथि माईती टाढा रहेकाले घरमै बसेर मनाउने बताउदै सम्पुर्णलाई भिडभाड नगरी घरमै सुरिक्षत रहन आग्रह गर्नुभएको छ ।
मनु गौतम:दलदले
सुन्दरता र श्रृङ्गारका लागि खोलिएका ब्युटीपार्लरहरुबाट छिटो संक्रमण फैलिन सक्ने भन्दै सरकारले संचालनमा रोक लगाएको छ । ब्युटीपार्लर नखुल्ने भईसके पछि ब्युटीपार्लर व्यवसायीहरु निरास भएका छन् । देवचुलीकी ब्युटीसियन सरु भुसालले चाडपर्वमा व्यापार राम्रो हुने भएपनि यसपालि कोरोनाका कारण व्यवसाय नै डामाडोल भएको बताउनुभयो । उहाँले मानिसको स्वास्थ्य भन्दा ठुलो चाडपर्व नरहेको बताउँदै एकछिनको रमाईलोको लागि कसैले पनि स्वास्थ्यमा खेलबाड नगरी सम्पुर्णलाई घरमै बसेर चाडपर्व मनाउन आग्रह गर्नुभएको छ ।
सरु भुसाल:दलदले
चाडपर्व जस्तो कुरा सबैलाई रमाईलो गर्न, पारिवारिक जमघट गर्न त मन हुन्छ नै तर अहिलेको विषम परिस्थतिमा चाडपर्व भन्दा स्वास्थ्य महत्वपूर्ण भएकाले सम्पुर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा घरमै सुरक्षित बसी चाडपर्व मनाउन ह्याप्पी टाईम्स अनरोध गर्दछ ।