चितवनमा दिन प्रतिनिदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम बढ्दै गएपछि भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् । उनले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिइन् ।आज (शुक्रबार) प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, उद्योगी व्यवसायीहरुसंग भएको छलफलले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।
चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा कोरोना संक्रमित भेटिएका छन् । भरतपुर महानगरभित्र कोरोना भाइरस समुदायस्तरमै फैलिएको स्वास्थ्य विज्ञहरुले बताएका छन् । बिहीबार साँझ भरतपुरका ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो .