देवचुली,
देवचुली जेसीजको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सामाजिक दुरी कायम गर्दै दलदले मुण्डे सडकखण्ड गोरे घुम्तीको सडक छेउछाउमा विभिन्न जातका विरुवा रोपिएको छ । वृक्षारोपण कार्यक्रमको अध्यक्षता देवचुली जेसीज बर्ष २०२० का अध्यक्ष हरि पोख्रेलले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिका वडा नं ७ का वडाध्यक्ष भुपराज पाठक रहनुभएकोे थियो ।
वृक्षारोपण कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका पाठकले देवचुलीका वडाहरुलाई वृक्षारोपण गरि सुन्दर बनाउने र विरुवा संरक्षणमा आनो योगदान सधै रहने बताउँदै जेसीजले आयोजना गरेको वृक्षारोपण कार्यक्रम सह्रानिय रहेको बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै देवचुली जेसीजका अध्यक्ष हरि पोख्रेले वातावरणलाई जोगाउनको लागि पनि सकेसम्म रुख जोगाउन पट्टि लाग्नुपर्ने जोड दिदैँ हरेक वर्ष जेसीजले वृक्षारोपण गर्दै आएको र आगामी दिनमा पनि समाज रुपान्तरणका लागि यस किसिमका कार्यक्रम गर्दै जाने बताउनुभएको थियो ।
अर्जुना, सितल, चिनी, चिउरी, मसला, जामुना, अर्शुगन्दा, बतल ग्रास, अशोक टिक र जामुन लगायतका विरुवा रोपिएको थियो । वृक्षारोपण कार्यक्रममा देवचुली जेसीजका पदाधिकारी, टोल विकासका सदस्यहरु, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रमको सहजीकरण जेसिजकी महासचिव दुर्गादेवी बिष्टले गर्नुभएको थियो