देवचुली,
देवचुली नगरपालिका वडा नं ५ को नवनिर्मित वडा भवन समुद्धघाटन गरिएको छ । बिहिबार कदमपुरमा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले भवनको समुद्धघाटन गर्नुभएको थियो । वडा भवन समुद्धघाटनमा रिबन काटेपछि सेवाग्राहीको कार्य सम्पादन गरि सेवा शुधारम्भ गरिएको थियो । वडा भवन समुद्धघाटन कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका वडा नं ५ का वडाध्यक्ष शिवलाल सापकोटाले गर्नुभएको थियो भने प्रमुख आथित्यता देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका श्रेष्ठले ५ नं वडावासीहरुलाई कुनै पनि कामका लागि धेरै सहज हुुने बताउँदै देवचुली नगरपालिकाको विकास निर्माणका कामहरुमा नगरपालिकाले इमान्दारिताका साथ बजेट, योजनाहरु अगाडि बढाईरहेकोे बताउनुभएको छ ।
यस्तै कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले देवचुली नगरपालिका वडा नं ५ को भुभाग निकै नै राम्रो रहेको, कृषि क्षेत्रमा निकै सम्भावना भएकाले वडा,नगरपालिकालाई कसरी विकास तर्फ लैजाने तर्फ आफुहरु लागि रहेको बताउनुभयो । देवचुली नगरपालिका असाध्यै राम्रो रहेकाले नगरपालिकालाई नेपालकै नमुना नगरपालिका बनाउन आफुहरु एकजुट भएर लागेको बताउनुभएको छ ।
यो सँगै वडा भवन समुद्धघाटन कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले स्थानीय तहले नागरिको घरदैलोबाट नै सेवा दिनुपर्छ भन्ने उद्धेश्यले यस बर्ष देखि देवचुली नगरपालिकाले सबैवडा कार्यालय आ–आनै वडामा स्थापना गर्ने र जनताको नजिकबाट सेवा प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता रहनुभएका वडा नं ५ का वडाध्यक्ष शिवलाल सापकोटाले भोलिका दिनहरुमा पनि विकास निर्माणका कामका लागि सधै अगाडि रहिरहने बताउनुभयो ।
उक्त कार्यक्रममा देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष एवम प्रवक्ता क्याप्टेन डिल बहादुर खत्री, समाजेसेवी, युवा अधियान्ता लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, संघसंस्थाका व्यक्तिहरुको उपस्थिती रहेको थियो । वडा कार्यालय निर्माणका लागि १९ लाखको लागतमा सम्पन्न भएको हो । वडा भवन बनाउने जिम्मा डोको कन्स्ट्रक्सन प्रा.लिले लिएको थियो । कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्या टिका थापाले गर्नुभएको थियो ।