देवचुली,
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको सहयोगमा देवचुली नगरपालिका कृषि शाखाले ७ हजार वन प्रजाती र डाले घाँस प्रजातीका बिरुवा निशुल्क वितरण गरेको छ । आइतबार देवचुली नगरपालिका वडा नं १६ रजहरमा कृषि शाखाले देवचुलीका विभिन्न संघ संस्थाका व्यक्तिहरुलाई बिरुवा वितरण गरेको देवचुली नगरपालिका कृषि शाखा प्रमुख नरेन्द« भण्डारीले जानकारी दिनुभयो ।
उहाँले कसैले पनि आनो घरवरिपरिको जमिन बाझो नरहोस भन्ने उद्धेश्यले पनि बिरुवा वितरण गरिएको बताउनुभयो । इपिलिपी, बडहर, कोइरलो, राईखनियो, टाँकी, किम्बु, बकाईनो, सिसौ, खयर, सतिसाल, हर्राे, वर्राे, कदम, मसला, अमला, सतिसाल, सिमल, उत्तिस, निम, चाँप, अशोक, कपुर लगायतका बिरुवाहरु वितरण गरिएको छ ।
उक्त कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल लगायतको उपस्थितीमा बिरुवा वितरण गरिएको थियो ।